बेलायतमा दौड प्रतिस्पर्धाबाट लक्ष्यबहादुर गुरुङद्वारा १ हजार ७५ पाउन्ड संकलन

SHARE:

लन्डन १६ जुन २०२२ । बेलायतमा गोर्खा वेलफेयर ट्रस्टको डोको च्यालेन्ज ‘ब्रेभेस्ट अफ द ब्रेभ’ मा सहभागी लक्ष्यबहादुर गुरुङले १ हजार ७५ पाउन्ड संकलन गरेका छन् ।

आइतबार १२ जुन २०२२ मा नेपालमा परम्परागत गोर्खा भर्ती डोको दौडमा आधारित प्रतिस्पर्धामा सहभागी भएर उनले उक्त कोषका लागि रकम संकलन गर्न सफल भएका हुन् । कोषले गोर्खा दिग्गजहरू र उनीहरूका परिवारहरूलाई नेपालमा सम्मानपूर्वक बाँच्न मद्दत गर्ने जनाइएको छ ।

कोषले नेपालमा समुदायहरूको जीवनमा सुधार गर्दै, हजारौं घरघरमा सफा पानी पुर्‍याउन नयाँ खानेपानी प्रणालीहरू निर्माण गर्दै र विद्यालयहरूको पुनर्निर्माणसहित नेपाली बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा मद्दत पुग्ने अव्शया गरिएको छ ।

५ किलोमिटर दौडने, ५ केजी, १० केजी वा १५ केजी तौलको परम्परागत डोको बास्केट बोकेर ४६ मिनेटको अन्तरालमा दौडिएको थियो । केही पहाडहरू भएकोले चुनौतीपूर्ण क्रस-कन्ट्री मार्गको यस प्रतिस्पर्धामा ल्वाङ्ग घलेल, कास्कीका कप्तान लक्ष्यबहादुर गुरुङसहित सयौं सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!