बेलायतमा २०८औं भानु र ९१औं ईश्वर जयन्ती मनाइँदै, सुप्रमा-ईप्रमा पुरस्कार वितरण हुने

SHARE:

लन्डन २४ जुन २०२२। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले २०८औं भानु जयन्ती तथा ९१औं ईश्वर जयन्ती मनाउने भएको छ ।

आगामी जुलाई ३ तारिख आइतबार लन्डनस्थित डायमण्ड बुद्धिष्ट सेन्टरको सभा कक्ष कार्यक्रम आयोजना हुने संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक राज श्रेष्ठले गोर्खा मिडियालाई जानकारी दिए । उनका अनुसार संस्थाका अध्यक्ष लक्ष्मी राईको सभापतित्वमा कार्यक्रम दिउँसो १:३० देखि ४:३० सम्ममा हुने छ ।

सोही अवसरमा सुप्रमा-ईप्रमा पुरस्कार वितरण गरिने संयोजक श्रेष्ठले बताए । उनका अनुसार बेलायतमा रहेका सम्पूर्ण नेपाली भाषा साहित्यप्रेमीहरुलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ ।

सन् २००४ मा स्थापना भएदेखि नै अनेसासले आदिकवि भानुभक्तको सम्झनामा प्रत्येक वर्ष साहित्यिक कार्यक्रम गर्दै आएको छ । सन् २०१४ देखि बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धर जयन्ति पनि मनाउन थालिएको हो । स्व. मानन्धर ६० को दशकदेखि नै बेलायतमा रही नेपाली भाषा र साहित्यको सेवामा अग्रणी भूमिकामा आजीवन सेवारत रहे । उनका कथा, कविता, उपन्यास, चुट्किलाजस्ता विविध विधामा ९ कृतिहरु प्रकाशित छन् । उनै मानन्धरले आफ्ना बुवा सुन्दरप्रसाद मानन्धरको सम्झनामा सुप्रमा पुरस्कार स्थापना गरेका थिए भने मरणोपरान्त उनको पनि सम्मानमा उक्त पुरस्कार सुप्रमा-ईप्रमा पुरस्कार नामबाट परिचित छ ।

२५१ पाउन्ड नगद रहेको उक्त पुरस्कारद्वारा हालसम्म बेलायतमा रहेका ८ जना नेपाली स्रष्टाहरु पुरस्कृत भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!