प्रधानमन्त्री ओलीद्वारा आलमको स्वास्थ्य अवस्थाको जानकारी

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

शुक्रबार गंगालाल हृदयरोग केन्द्रमा गएर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्था जानकारी लिनुभएको हो । रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आलमको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!