
०२ जुलाई २०२२ – बेलायत। लोकवार्ता परिषद नेपालद्वारा संचालित पाक्षिक प्रस्तुति तथा लोकवार्ता बिमर्श एघारौँ शृंखला जुममार्फत सम्पन्न भएको छ। लोकवार्ता विमर्शमा पुर्बोत्तर भारतमा बस्ने नेपाली भाषी समुदायमा प्रचलित लोक बिश्वाशहरुको बारेमा ब्यापक छलफल, चर्चा तथा परिचर्चा भएको छ। लोकवार्तामा नेपाल भारत, भुटान, सिक्किम र बेलायतका नेपाली भाषी नेपालीहरुको उपस्थिति रहेको थियो।
लोकवार्ता परिषद नेपालका अध्यक्ष प्रा ड़ा प्रेमकुमार खत्रीले अध्यक्षता गर्नुभएको लोकवार्ताबिमर्श कार्यक्रममा प्रमुख अतिथि प्रा ड़ा कुश्माकार न्यौपाने हुनुहुन्थ्यो भने कार्यक्रम संस्थाका महासचिब ध्रुब भट्टराईले संचालन गर्नु भएको थियो। डा राधा शर्माले पुर्बोत्तर भारतमा बस्ने नेपाली भाषी समुदायमा प्रचलित लोक बिश्वाशहरुको बारेमा लोकवार्ता बिमर्श प्रश्तुत गर्नुभएको थियो भने डा कल्पना त्रिपाठीले लोकबार्ता विमर्शको तथा उक्त बिषयको बारेमा टिप्पणी गर्नु भएको थियो।
आगामी कार्यक्रम काठमाण्डौ निवासी नेवार जातिको जात्रा संस्कृतिको बारेमा तेज प्रसाद श्रेष्ठज्यूले लोकवार्ता बिमर्श प्रश्तुत गर्नुहुने भएको छ।







