महिला साफ च्याम्पियनशिपमा भारतको पहिलो हार, बङ्ग्लादेश तीन–शून्यले विजयी

SHARE:

काठमाडौं सेप्टेम्बर १३ ।

महिला साफ च्याम्पियनशिप फुटबलको इतिहासमा भारतले पहिलो हार बेहोरेको छ ।

नेपालमा चलिरहेको छैटौँ संस्करणको च्याम्पियनशिपमा बङ्ग्लादेशले भारतलाई तीन–शून्य गोलले हराएको हो । योसँगै बङ्ग्लादेशले भारतलाई पहिलो पटक हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । जितसँगै बङ्ग्लादेश समूह विजेता बन्दा भारत भने उपविजेता बनेको छ । योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगिसकेका छन् । नेपालले अब फाइनल प्रवेशका लागि भारतसँग खेल्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!