गुरुङ रामप्रकाश समथिङ
नेपालमा धेरै जसो जातिको ठाउँ विशेषबाट जातको नामाकरण भएको देखिन्छ । त्यसैले कारणले मुगाली जातिको नामाकरण पनि ठाउँ विशेषले नै भएको हो की जस्तो देखिन्छ । कर्णाली अञ्चलको मुगु जिल्लाको मुगुकरण भन्ने गाउँमा बसोबास गर्ने भएकोले यिनीहरुलाई मुगाली जाति भनिएको हो भन्ने भनाईहरु पाइन्छ । उनीहरु बसेको क्षेत्रमा जम्मा तेह्र गाउँहरु रहेका छन् ।
त्यो गाउँ बाहेक जिल्लाको मुुगु, डोल्फु, मह, व्यूते, कृमी, माङरी, बोङग्री, कातिक र दाउरा भन्ने गाउँमा पनि बसोबास गरेको भेटिन्छ । यी गाउँहरु बाहेक अन्य जिल्लामा मुगाली जाति केही बसोबास गर्न थालेका छन् । त्यो क्षेत्र बाहेक करन क्षेत्रमा बाह्र गाउँ र मुगुमा एक गाउँमा बसोबास गर्ने जाति मुगाली हो भनिएका छन् । अल्पसंख्यक जातिमा परेरै होला नेपाल सरकारले यी जातिलाई सिमान्तकृत समूहमा सूचीकृत गरेका देखिन्छ ।
मुगाली जाति बौद्ध धर्म मान्ने भनएकोले चार्डको रुपमा उनीहरु विशेष गरी ल्होसारलाई मुख्य चार्डको रुपमा मान्ने गर्दछन् । यिनीहरुले तिब्बतियन भाषा बोल्ने गरेको पाइन्छ । मुगाली जातिको रहनसहन, लगाउने कपडा र मनाउने संस्कारहरु पनि तिब्बतियन मू्लका मान्छेहरुसँग मिल्ने देखिन्छ ।
बाह्र करण क्षेत्रमा बसोबास गर्ने मुगाली जातिकाहरु मुख्य पेशा खेतीलाई अंगालेको देखिन्छ । अरु व्यापार गर्ने गर्दछ । व्यापार, कृषि र पशुपालन गर्नु उनीहरुको दिनचर्या हो । कृषिमा आश्रित हुँदा आफ्नो उत्पादनले वर्ष दिन त के छ महिनासम्म पनि खान नपुग्ने हुनाले उनीहरुले पशुपालन र व्यापारलाई अंगाल्नु पर्ने बाध्यता छ । व्यापार गर्नु पनि उनीहरु नेपालमा भन्दा धेरै तिब्बततिरै जाने गर्दछ । उनीहरुले उत्पादन गरेको पशुबाट घ्यू, छुर्पी लगायतका सामानहरु तिब्बततिरको बजारमा लगेर बेच्ने । अनि आपूmलाई चाहिने र व्यापार गर्ने सामानहरु पनि त्यहीको बजारबाट किनेर ल्याउने गर्दछ ।
मुगाली जाति शिक्षा क्षेत्रमा पनि निक्कै पछाडि परेको जातिमै गनिन्छ । उनीहरुको साक्षरता प्रतिशत पनि शुन्य भन्दा केहीमाथि मात्र रहेको पाइन्छ । उच्च शिक्षाको त कुरै छाडौ । शिक्षा क्षेत्रमा पछाडि रहेका कारणले पनि हुन सक्छ जागिरतिर प्रवेश गर्नेको संख्या पनि न्यून रुपमा भेटिन्छ ।
मुगाली जातिकाहरुले संस्कारको रुपमा जन्म, छेवर, विवाह र मृत्युलाई मान्ने गर्दछ । यी सबै संस्कार गर्दा उनीहरु अनिवार्य लामाको प्रयोग गर्दछ । लामाको निर्णय अनुसार संस्कारहरु सम्पन्न गर्ने मुगाली जातिमा चलन रहेका छन् ।
नेपालमा बसोबास गर्ने एक सय पच्चिस जाति मध्ये मृत्यु संस्कारको चलन पनि एक सय पच्चिस नै प्रकारको पाइन्छ । सबैले आ–आफ्नै जातिगत संस्कार अनुसार सम्पन्न गर्ने गर्दछ । कुनै जातिको धर्मग्रन्थ पढेर त कुनै जाति बेद पढेर मृत्यु संस्कारहरु सक्ने गर्दछ । त्यसमा पनि केही जातिलेको त मुखैले भनेर सक्ने पनि चलनहरु पाइन्छ । जसरी हुन्छ आ–आफ्नो जातिगत संस्कार अनुसार सम्पन्न गर्ने गर्दछ । मुगाली जातिमा लासलाई जलाउने र गाड्ने दुवै प्रक्रिया अनुसार लासको सदगद गर्ने चलन रहेको छ । लासलाई गाड्ने की जलाउने भन्ने लामाको निर्णय अनुसार गर्ने गर्दछ । यदि गाड्नु पर्ने भएमा जमिनमा खाडल खनेर पुर्ने काम गर्दछ । जलाउने भएमा चिता बनाएर दाउरा राखेर जलाउने गर्दछ । जलाई सकेपछि पुन: त्यसलाई पुरेर चिहान जस्तो बनाउने गर्दछ । मृत्यु संस्कार गर्दा पनि अनिवार्य लामाको प्रयोग गर्दछ । बौद्ध धर्मको विधि विधान अनुसार मुगाली जातिको मृत्यु संस्कारको अन्त्य लामाले गरिदिने चलन कायमै रहेको छ ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु वैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक लार्के जातिबारे लेख प्रकाशन गरिनेछ)






