लिम्बूहरुले बेलायतमा मनाए सिसेक्पा तङ्नाम

SHARE:

एटा संवाददाता
लन्डन । संयुक्त अधिराज्यमा बसोबास गर्ने किरात लिम्बूहरुले सिसेक्पा तङ्गनाम (साउने संक्रान्ति) विविध कार्यक्रमका साथ मनाएका छन् ।

गत शनिबार १४ जुलाईका दिन किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेको आयोजनामा फेल्थामस्थित फेल्थाम कम्युनिटी सेन्टरको खेल मैदानमा सिसेक्पा तङ्गनाम मनाइएको हो । लिम्बूहरुको सिसेक्पा तङ्गनाम (साउने संक्रान्ति) मुख्य चारवटा पर्वमध्येको एक हो । सो पर्वलाई कियाचु युकेले विगत १० वर्षदेखि विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै आएको छ ।

करिब ५ हजार जनाको उपस्थिति रहेको कार्यक्रममा कियाचुका विभिन्न शाखाहरुले च्याब्रुङ्ग र धान नाच प्रस्तुत् गरेका थिए । लिम्बू संस्कृतिमा आधारित लोकप्रिय च्याब्रुङ्ग नृत्यतर्फ कियाचु गे्रटर लन्डन सिनियर विजेता बने भने कियाचु रसमुर शाखा उपविजेता भए । त्यस्तै, कार्यक्रममा उत्कृष्ट लिम्बू पोशाकधारी पुरुषतर्फ ईन्द्र फोम्बो र महिलातर्फ ध्रुवकुमारी मादेन सिंघक, युवातर्फ जेशन नेम्वाङ्ग र युवतीतर्फ सविता लिम्बूलाई बधाई तथा सम्मान गरिएको थियो ।
लिम्बू समुदायले प्रयोग गर्दै आएको परम्परागत सामाग्री प्रर्दशन गरिएको कार्यक्रममा उच्च शिक्षा हासिल गरेका लिम्बू विद्यार्थीहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका कियाचु युकेका पूर्वमहासचिव खगेन्द्र लावतीलाई ‘चुम्लुङ्ग अवार्ड’ बाट सम्मान गरिएको थियो । त्यस्तै, किचायु ग्रेटर लन्डन शाखाका अध्यक्ष चिरेन्द्र लाबुङ्गलाई यलम्बरहाङ्ग कप अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राजदूत डा. सुवेदीले कियाचु युकेले आयोजना गरेको सिसेक्पा तङ्गनामले भाषा, कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कियाचुको विभिन्न अभियानमा नेपाली राजदूतावासले हरसम्भव सहयोग गर्ने आश्वासन पनि दिएका थिए ।

त्यस्तै, विशेष अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका अध्यक्ष कुमार लिङ्गदेनले कियाचु युकेले विदेशी भूमिमा रहेर पनि लिम्बूहरुको कला र संस्कृति जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आप्mनो पहिचानलाई जीवन्त राख्नु पर्नेमा जोड दिए । कार्यक्रममा कियाचु युकेका अध्यक्ष दिलसिं मेन्याङ्गबोले प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि, कार्यसमिति, कियाचु महिला विभाग, सांस्कृतिक विभाग, युवालगायत प्रायोजक, उद्यमी, व्यवसायी र दर्शकहरुलाई धन्यवाद दिए ।
त्यस्तै, कियाचु युकेले मेडिस्टोन बरोको याल्डीङ्गमा हालै खरिद गरेको २५.३ एकड क्षेत्रफल रहेको जग्गाको बारेमा जानकारी गराएको थियो । सो अवसरमा प्रमुख अतिथि नेपाली राजदूत डा. सुवेदी, संघीय लोकतान्त्रिक मञ्च नेपालका अध्यक्ष लिङ्गदेन र कियाचु युकेका अध्यक्ष मेन्याङ्गबोले संयुक्त रुपमा केक काटेर खुसीयाली मनाएका थिए ।

दिउँसो १ बजे सुरु भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेकी अध्यक्ष प्रमिला लावुङ्ग, गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष सुशीला राई, तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग गुरुङ, पाँचथर समाज सेवाका अध्यक्ष चन्द्र सुन्दास, पत्रकार वाचस्पति रेग्मी, दिनेश परियार, मिलन तमुलगायतको समेत उपस्थिति रहेको थियो ।

कियाचु युकेका उपाध्यक्ष छत्र वनेमले स्वास्थ्य र सुरक्षाबारे जानकारी दिइएको कार्यक्रममा रेस्टुरेन्टलगायत करिब २० वटा व्यापारिक स्टल थिए । त्यस्तै, सहअध्यक्ष तिलबिक्रम सम्बाहाम्फे, उपाध्यक्षद्वय बिमला सेने र दुर्गा पाङमा पाहुनाहरुको स्वागतमा खटेका थिए भने कोषाध्यक्ष धनकुमार काम्बाङ्ग र सहकोषाध्यक्ष दिपेन्द्र याक्सो, जनसम्पर्क प्रमुख तारा कन्दङ्वाले प्रवेशद्वार, कार पार्किङ्गमा विशेष भूमिका खेलेका थिए । संस्थापक अध्यक्ष श्रीप्रसाद लिम्बू, पूर्वअध्यक्षहरु डमर सिंघक, सुवास जगेबु, काजीमान याक्सो, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायक सिङगिङ स्टार सेकेन्ड रनर अफ प्रनेश लिम्बू, सुनिता थेबे, नेपाली तारा उपविजेता तारा लक्सम, इन्द्र पन्धाक र मुन्धुमी गायक ब्रबिन सेर्मालगायत कलाकारले विभिन्न गीत गाएका थिए । त्यस्तै, आस्मति लिम्बूले आकर्षक नृत्य प्रस्तुत् गरेकी थिइन् ।

कियाचु युकेका अध्यक्ष दिलसिं मेन्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिसेक्पा तङ्गनामका संयोजक एवं कियाचु युकेका वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ्गले स्वागत मन्तव्य दिएका थिए भने महासचिव गणेश ईजम र सचिव विश्वासदीप तिगेलाले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै, सांस्कृतिक विभाग प्रमुख डमर लिम्बू र सहसचिव सानु सुब्बाले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए ।
स्मरण रहोस् कियाचुले प्रत्येक वर्ष आप्mनो समुदायको कला र संस्कृतिमा आधारित यलम्बर हाङ्ग कप, चासोक तङ्गनाम र सिसेक्पा तङ्गनामलगायतका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!