श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

SHARE:

एजेन्सी नोभेम्बर ५ ।

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो । श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो । उसका लागि एलेक्स हल्सले ४७ र बेन स्टोक्सले नटआउट ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा, वानिन्दु हसरंगा र धनञ्जय डि सिल्भाले २र२ विकेट लिए ।

आजको नतिजाले आयोजक अष्ट्रेलिया समेत प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्दै अष्ट्रेलिया बाहिरिएको हो । आज श्रीलंकाले इंग्ल्याण्डलाई हराएको भए वा अंक बाँडेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो । यो समूहबाट न्युजिल्याण्ड सेमिफाइलनमा पुगिसकेको छ । भोलि समूह २ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

समूह २ मा भारत, दक्षिण अफ्रिका, पाकिस्तान र बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना छ । तर भारतको ६ अंक र दक्षिण अफ्रिकाको ५ अंक रहेकाले दुई वटा देशको सम्भावना बलियो छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!