१५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

SHARE:

काठमाडौं नोभेम्बर ११ ।

बङ्गलादेशलाई हराउँदै नेपालले १५ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिको जितेको छ ।

आज शुक्रवार ढाकामा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि सुशीला केसीले खेलको १४ औँ मिनेटमा गोल गरिन् । पहिलो हाफमा नेपाल एक–शून्यले रह्यो । तर खेलको ५४ औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बङ्गलादेशलाई एक–एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९ औँ मिनेटमा बङ्गलादेशले पेनाल्टी पाए पनि नेपालकी गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

यो बराबरीसँगै नेपालले चार खेलमा १० अङ्क जोड्यो । अङ्क तालिकाको शीर्ष स्थानमा रहेको नेपालले उपाधि जितेको हो । बङ्गलादेश चार खेलमा सात अङ्कसहित उपविजेता बन्यो । डबल राउन्ड रोबिनका आधारमा भएको प्रतियोगितामा नेपालले यसअघि पहिलो खेलमा भुटानलाई सात–शून्य, दोस्रो खेलमा बङ्गलादेशलाई एक–शून्य गोल अन्तरले हराएको थियो ।

अर्को खेलमा नेपालले भुटानलाई एक–शून्य गोल अन्तरले हराएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!