मनाङलाई हराउँदै अमेरिकी टिम भुटनिज आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

SHARE:

पोखरा ३ जनवरी २०२३ ।

अमेरिकी टिम भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै भुटानी शरणार्थीको क्लबले प्रतियोगिताको अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । ६ पटकको आहा रारा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १-० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनलमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।

नेपाली फुटबल इतिहासमा सबैभन्दा चर्चित र सफल मानिएको मनाङ मस्र्याङ्दी आहारारा गोल्डकपको पनि सफल टिम हो । २२ औं संस्करणसम्म आइपुग्दा मनाङ १२ पटक फाइनल पुगेर ६ पटक उपाधि उचालिसकेको छ । यसपटक क्लबबाट पहिलेका अनुभवी खेलाडी बाहेकका नयाँ खेलाडी उतारेर पहिलो पटक मनाङ मैदान प्रवेश गरेको थियो ।

तर, पहिलो पटकमै मनाङलाई झड्का लागेको छ । पुराना खेलाडी सबै अन्य क्लबमा अनुबन्ध भएपछि सर्वाधिक सफल क्लबको परिचय बनाएको मनाङ नयाँ खेलाडीसहित मैदान उत्रिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!