चलचित्र ‘तिम्रो मेरो साथ’को सेन्सर पास

SHARE:

काठमाडौं १० जनवरी २०२३ ।

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को सेन्सर पास भएको छ ।

चलचित्र सेन्सर बोर्डले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो । सेन्सर बोर्डले चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न मिल्ने गरि ‘यू सर्टिफिकेट’ दिएको छ । आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने यस चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दीप क्षेत्री, खड्कबहादुर पुन इमिली लामा र सरोज खनालको अभिनय रहेको छ ।

निर्माता रमेश एमके पौडेलले यस चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । चलचित्रमा निर्देशक पौडेल स्वयमको कथा, गीत र निर्माण रहेको छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासाङ लामा र सह(निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!