खुवालुङ्ग नाटक समूहलाई सम्मानस्वरुप रु ५१ हजारको पुरस्कार

SHARE:

काठमाडौं । किराँत सभ्यताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको खुवालुङ्ग नाटक समूहलाई सम्मानस्वरुप रु ५१ हजारको पुरस्कार प्रदान गरिएको छ । जरोकिलो महाअभियानको सातौँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रममा नाटकका निर्देशक किरण राईलाई महाअभियानका डा निर्मलमणि अधिकारीले पुरस्कार हस्तान्तरण गर्नुभयो । नेपालको भाषिक, धार्मिक, सांस्कृतिक र क्षेत्रीय विविधताका सम्बन्धमा काम गरेको भन्दै समूहलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत खुवालुङ्ग नाटकका निर्देशक राईले जरोकिलो महाअभियानले नेपालको मौलिक धर्म, संस्कृति, परम्पराको संरक्षणमा उदाहरणीय काम भएको बताउनुभयो । कार्यक्रममा जरोकिलो महाअभियानले सम्पन्न गरेको मौलिक धाँ बाजाका प्रशिक्षक तथा प्रशिक्षार्थीलाई सम्मान पत्र र प्रमाणपत्र वितरण गरेको थियो । निःशुल्करुपमा मौलिकतामा आधारित चुनावी गीत सिर्जना गर्नुभएका व्यक्तित्वलाई कदरपत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो ।

कार्यक्रममा सनातन धर्म महासङ्घ नेपालका अध्यक्ष डा माधवप्रसाद लामिछाने, सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुइँटेल, मौलिक जरोकिलो पार्टीका कार्यवाहक अध्यक्ष नुमनाथ प्याकुरेल, सञ्चार योग मिडियाका प्रबन्ध सञ्चालक सुशील गौतम, जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापति, सहृदयता उद्यमशीलताका अध्यक्ष जोनसोन थापा, नागरिक फाउन्डेसनका अध्यक्ष अरुण पौडेल, प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष टेकराज कोइराला, अखिल नेपाली विद्यार्थी सङ्घका अध्यक्ष भुवन खत्रीले सनातन संस्कृतिको संरक्षणमा महाअभियानले काम गरिरहेको जानकारी गराउनुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!