रेडिङ किरात समाज युकेको अध्यक्षमा खडानन्द निर्विरोध

SHARE:

रेडिङ । रेडिङ किरात समाज युकेको अध्यक्षमा खडानन्द सुुनुवार चयन भएका छन् । रेडिङ टाउन सेन्टरको वेजिङ नुडल्स रेस्टुरेन्टमा २२ जुलाई आइतबार अपरान्ह कवित यक्सोको अध्यक्षतामा भएको संस्थाको तेस्रो साधारणसभाबाट सुनुवारको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षसहित कार्यसमितिका पदाधिकारी तथा सबै सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

 

नयाँ कार्यसमितिको उपाध्यक्षमा इमानसिं याक्खा, सचिवमा एल्बी शुब्बा, सहसचिवमा इन्दु सुब्बा, कोषाध्यक्षमा चन्दा लिम्बू, सहकोषाध्यक्ष धनवीर लावती चयन भए । सदस्यहरुमा गोवद्र्धन राई, टेकबहादुर सुनुवार, लाखबहादुर सम्वाहाम्फे, निर्मला राई, चन्दा याक्खा शुब्बा, टीका फेम्सुहाङ, प्रविन राई, विष्णु नेयङलगायत थिए । एलबी सुब्बाले भने लगातार तेस्रोपटक सचिवमा निर्वाचित भएर ‘ह्याट्रिक’ गरेका छन् । निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई निर्वाचन समितिका अध्यक्ष बालकृष्ण याक्खा राईले पद तथा गोपनियताको शपथ ग्रहण गराए । निर्वाचन समितिको सचिव र सदस्यको जिम्मेवारी क्रमश: बेदहाङ लावती र देशवीर राईलाई दिइएको थियो । सभामा सचिव एलबी सुब्बाद्वारा प्रस्तुत संस्थाको सांगठानिक तथा कोषाध्यक्ष चन्दा लिम्बूको आर्थिक प्रतिवेदनलाई सहभागी प्रतिनिधिहरुबीच व्यापक छलफलपछि सर्वसम्मतले पारित गरियो ।

रेडिङ किरात समाज युके सन् २००९ मा स्थापना भएको रेडिङवासी राई, लिम्बू, सुनुवार र याक्खा चार किरात बन्धुहरुको एक साझा सामाजिक संस्था हो । समाजले किरातीहरुबीच एकता एवम् सद्भाव, सहिष्णुता कायम गर्दै आपतविपतमा परेका सदस्यहरुलाई आर्थिक तथा अन्य सहयोग पुर्‍याउँदै आएको छ । किरातहरुको उद्यौली, उभौलीजस्ता साझा वार्षिक चाड पर्वहरु मनाउनुको साथै अन्य विभिन्न जातीय, सामाजिक साँस्कृतिक गतिविधिहरु सञ्चालन हुँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!