
लन्डन । स्याङ्जाका स्रष्टा साहित्यकार तथा समाजसेवी घन थापा र कृष्ण थापामगरको ‘जिलौ झोर्ले म्युजिक भिडियो सार्वजनिक भएको छ ।
घन थापा म्युजिक युट्युब च्यानलबाट नेपाली समय शुक्रबार बिहान ८ बजे सार्वजनिक गरिएको हो । घन थापा र कृष्णा थापामगरको शब्द रचनामा निर्माण भएको गीतमा विलन थापामगर र रेश्मा पुन मगरले स्वर भरेका छन् ।
सामूहिक गायनमा रुपी सिञ्जाली मगर, प्रेमा राना मगर, पवन रानामगर, रमेशबाबु थापामगरको रहेको छ भने संगीत संयोजन विलन थापामगरले गरेका छन् ।
विलन थापामगरको निर्देशनमा बनेको म्युजिक भिडियोमा कोरियोग्राफरको भूमिका दिया थापामगरले निभाएका छन् । अभिनयमा रमेशबाबु थापामगर, विजय पुनमगर, दिया थापामगर र सिर्जना मगर रहेका छन् भने सम्पादन राजकुमार मगरले गरेका छन् ।
स्याङ्जा हरिनास-६ क्याक्मीमा जन्मिएका घन थापामगरले यसअघि मायाको संसार, बयान, बस्ती, नबिर्स आधुनिक गीति एल्बम तथा फूलको मुस्कान गीत संग्रह पस्किसकेका छन् ।






