बेलायतमा आज नेपाली फिल्म महोत्सव समापन

SHARE:

 

 

 

 

 

 

 

 

 

लन्डन २५ फेब्रुअरी २०२३ । बेलायतमा पहिलोपटक आयोजित नेपाली फिल्म महोत्सवको आज शनिबार समापन गरिँदै छ ।

थर्ड आइ समूहले आयोजना गरेको महोत्सव नेपालका चर्चित फिल्मीकर्मीको सहभागितामा समापन गरिन लागेको हो । महोत्स्व गत शनिबारदेखि जारी छ ।

समापन समारोहमा सहभागी हुन धेरैजसो कलाकारहरु बिहीबार साँझ लन्डन आइपुगेका छन् । नीर शाह, भुवन केसी, करिष्मा मानन्धर, आंचल शर्मा, रिमा विश्वकर्मा, विल्सन विक्रम राई, पुष्प खड्का, अनु शाह, कृष्टिना गुरुङ, दिनेश डिसी, सरु थापा, मिलन चाम्स, दिपासा बिसी, यश कुमार, विक्रम जोशी, कविता मानन्धर, विन्दु परियारलगायत बेलायत आएका छन् । कलाकारलाई स्वागत गर्न आयोजक थर्ड आई समूहका विकास देवकोटा, ओजेश सिंह र उमेशराज मोक्तान साथै कलाकार सनम वैराग, एनआरएनए इंग्ल्यान्ड अध्यक्ष एलबीजेड गुरुङ, नेपाली चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बू लगायत विमानस्थल पुगेका थिए ।

शनिबार सांझ अल्डरसटस्थित एम्पायर हलमा नेपालबाट आएका कलाकारहरुको विशेष ‘परफर्मेन्स’ सहित महोत्सव समापन गरिनेछ । सो अवसरमा बेलायतस्थित कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले बताएका छन् । गत शनिबार लन्डन लेष्टर स्क्वायरको प्रिन्स चार्ल्स थिएटरमा ‘प्रकाश’ फिल्म प्रदर्शन गरी महोत्सव उद्घाटन गरिएको थियो ।

दोस्रो दिन साउथ इष्ट लन्डनको वुलवीचमा फिल्म कैदीको पत्र, तेश्रो दिन स्कटल्याण्डमा चलचित्र झिंगे दाउ, चौंथो दिन नटिङहममा चलचित्र जीवन कांडा कि फूल देखाइयो भने शुक्रबार स्पेशल स्क्रिनिङका रुपमा अल्डरसटमा ‘प्रेम गीत ३’ देखाइने आयोजकले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!