उच्च अदालत पोखराले दियो पल शाहलाई सफाइ

SHARE:

पोखरा २६ फेब्रुअरी २०२३ ।

नाबालिग किशोरीको जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिने फैसला गरेको छ ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको हो । अभियोगको दाबी नपुगेको भन्दै उच्च अदालत पोखराले पललाई सफाइ दिने फैसला गरेको हो। थुनामा रहेका पल अब रिहा हुने भएका छन्। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरले गरेको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए।

यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले पनि पललाई सफाइ दिएको थियो। तनहुँ अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले पलविरुद्ध जबरजस्ती करणीको दाबी नपुग्ने ठहर्‍याउँदै उनलाई सफाइ दिने फैसला गरेको थियो।

तनहुँ जिल्ला अदालतले पललाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र १० लाख रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएकाले उनी थुनामै थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!