विश्वकप लिग-२ मा पपुवा न्यूगिनीलाई हराउँदै नेपाल विजयी

SHARE:

काठमाडौं २७ फेब्रुअरी २०२३ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ४ विकेटले हराएको छ ।

पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आरिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए । बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।

नेपालले लिग–२ मा लगातार पाँचौँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितको कीर्तिमान बनाएको छ । यसअघि घरेलु मैदानमा भएको भएको खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई २/२ खेलमा हराएको थियो ।

यो जितपछि नेपाल २९ खेलमा २८ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । पीएनजी २९ खेलमा ५ अङ्कका साथ तालिकाको पुछारमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!