चलचित्र ‘प्रसाद २’ को पहिलो गीत सार्वजनिक

SHARE:

काठमाडौं २१ मार्च २०२३ ।

चलचित्र ‘प्रसाद २’ को पहिलो गीत सार्वजनिक भएको छ ।

मंगलबार चलचित्रको ‘मार्सी धान’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । लोक शैलीको उक्त गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनराजकै शब्द तथा संगीत रहेको छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य पात्र अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी रहेका छन् । गीतमा केकी र विपिनको साथमा चर्चित जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको उत्कृट नृत्य रहेको छ ।

यहि चैत २४ गते रिलिज हुने यस चलचित्रलाई सुदर्शन थापा निर्देशन गरेका हुन् । चलचित्रमा केकी र विपिनसँगै अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहाडी लगायतको अभिनय रहेको छ ।

सुभाष थापा प्रस्तुतकर्ता रहेको यस चलचित्रको निर्माता सुदर्शन बस्नेत हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!