नेपाली चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक

SHARE:

काठमाडौं ३० मार्च २०२३ ।

नेपाली चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग विवाह गरेर हिँडेपछिको कथावस्तुमा फिल्म निर्माण भएको छ । ट्रेलर अनुसार पत्नी अर्कै पुरुषसँग हिँडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि लिने निर्णयमा ट्रेलर सकिएको छ ।

कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले जारीप्रथाको बारेमा फिल्म बनाइएको बताइन् । उनले अझैपनि यो प्रथा केही क्षेत्रहरुमा बाँकी रहेकाले हट्नु अनिवार्य भएको बताइन् । फिल्ममा अभिनेत्री पन्तसहित नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, प्रकाश कँडेल लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।

लक्ष्मण सुनार निर्देशन र टोपेन्द्र बिष्टले निर्माण गरेको फिल्म कर्णालीको परिवेश र भूगोलमा छायांकन गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!