
लन्डन ९ अप्रिल २०२३ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ च्यारिटी कार्यक्रम आयोजना गरेको छ ।
यही अप्रिल २२ तारिखका दिन एम्पायर हल अल्डरसटमा च्यारिटी कार्यक्रम आयोजना गरिएको नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिए । उनका अनुसार कार्यक्रम बेलुकी ५ देखि ११ बजेसम्म हुनेछ ।
कार्यक्रममा नायिका एवं मोडल रजनी गुरुङलगायत कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । सहभागी हुन प्रतिव्यक्ति ५० पाउन्ड टिकेट शुल्क तोकिएको छ ।
युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्र नेपाल सञ्चालनमा रहेको छ । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको वस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको अभियन्ता पुनलै बताए । जनस्तर र विदेशीको सहयोगमा केन्द्र सञ्चालनमा रहेको छ ।
अभियन्ता पुन नेपालको ग्रामीण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याउने युवा वैज्ञानिकको रुपमा समेत चिनिन्छन् ।






