अमेरिकाविरुद्ध जिम्बावे ३०४ रनले विजयी

SHARE:

एजेन्सी २६ जुन २०२३ ।

विश्वकप छनोट क्रिकेटमा अमेरिकाविरुद्ध जिम्बावेले ३०४ रनको फराकिलो जित निकालेको छ ।

सोमबार जिम्मबावेमा भएको खेलमा यसअघि नै सुपरसिक्समा पुगिसकेको जिम्बाव्वेले सेन विलियम्सको १७४ रनको मद्दतमा ४०८ रन बनाएको थियो ।
जिम्बावेका लागि १०१ बल मात्रै खेलेका विलियम्सले २१ चौका र ५ छक्का हानेका थिए । यस्तै जोयलर्ड गम्बियेले ७८ रन बनाए ।

४०९ रनको लक्ष्य पछ्याएको अमेरिका २५.१ ओभरमा १०४ रनमा अलआउट भयो । अमेरिकाका लागि अभिषेक पराद्करले २४ तथा जेस्सी सिंहले २१ रन बनाए । यो एक दिवसीय क्रिकेट इतिहासकै दोस्रो फराकिलो हार हो ।

यसअघि गत जनवरीमा भारतले श्रीलंकालाई ३१७ रनको अन्तरले हराएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!