पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ सम्पन्न: ज्ञाम गुरुङ

SHARE:

पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ सम्पन्न

ज्ञाम गुरुङ – फोल्काेस्टोन केन्ट, बेलायत।

गत सनिबार २४ जुन २०२३ का दिन इचिङहिल गल्फ काेर्स फाेल्काेस्टाेन केन्ट मा याे बर्षको पाँचौ गाेर्खा हिल बार्षिक गल्फ च्याम्पियनसिप भब्यताका साथ सम्पन्न भएको छ।

गाेर्खा गल्फ साेसाइटी युके काे सक्रिय सहयाेगमा सम्पन्न पाचौ सँस्करकाे याे गल्फ च्याम्पियनसिप सम्पन्न गर्न सफल ब्यबसायिक तथा बरिष्ठ समाजसेवी, फाेल्काेस्टाेन नेपालिज कम्युनिटी का पुर्ब अध्यक्ष प्रायाेजक चन्द्र बहादुर गुरुङ र शान्ता गुरुङ अनि उहाका आफन्त जन परिबार ले स्पाेन्सर्श गरेका थिए।

सहयोगीहरूमा नर बहादुर गुरुङ, भगवती गुरुङ, जनक गुरुङ , चित्र कुमारी गुरुङ, भाई बुहारी हरू दिलीप कुमार गुरुङ एमबिइ, हेमा कुमारी गुरुङ, सुर्य गुरूङ, मनमाया गुरुङ, गिर प्रसाद गुरुङ, देब कुमारी गुरुङ, तेजबहादुर गुरुङ र अन्जु गुरुङ, चित्र गुरुङ र दिलु गुरुङ, कृष्ण गुरुङ, टिका गुरुङ, लाेक गुरुङ र खिलेन्द्र गुरुङ थिए।अन्य सहयोगी हरूमा दिदी भिनाजु र बहिनी जुवाइ हरु कुल देबी गुरुङ र बाल कुमार गुरुङ, लक्ष्मी गुरुङ र दिल गुरुङ, सर्मिला र बिराज गुरुङ, इन्द्र गुरुङ, जय गुरूङ, हुमासिरी गुरुङ, द्दोरी जुवाइहरू मन्जु, लालध्वज गुरुङ, शुवास्ना गुरुङ, चित्र गुरुङ, सिजन र कमल आले, सपना र बिमल गुरुङ, तमुधीं युकेका पुर्ब अध्यक्ष ग्याम गुरुङ, प्रेम गुरुङ, हरी राइ, माहा राइ, लेमन लिफ रेष्टुरेन्ट, टिका गुरुङ, मिनु गुरुङ एभरेष्ट क्याफे, जिवन, शाेभा राइ, प्रविन क्षेत्री, कुमारी भन्डारीले गल्फ च्याम्पियनसिप भब्यताका साथ सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गरेका थिए। करिब बिहान नौ बजे सुरु भइ बेलुकी पाँच बजे सम्पन्न उत्त च्याम्पियनसिप सफल बनाउन गाेर्खा गल्फ साेसाइटी युके काे मुख्य काेअर्डिनेसनमा भब्यताका साथ सम्पन्न भएको थियो। करिब सय जना भन्दा बढी खेलाडी हरू बेलायत का बिभिन्न भागबाट आएका थिए।

बिजेता हरू लाई फाेल्काेस्टाेन नेपालिज कम्युनिटी सेन्टर मा नानी अरूकाे नृत्य मनाेरन्जन कार्यक्रम र बिङगाे कार्यक्रम सञ्चालन गरिएको थियो। बिभिन्न क्याटाेगाेरीमा खेलाइएकाे उत्त च्याम्पियनसिप खेलमा सबै भन्दा ठुलाे पुरस्कार च्याम्पियन ग्रस बिजेता सुनिल गुरुङले च्याम्पियनसिप कप जित्न सफल भए। द्वितीय निल कुमार थापाले चित्त बुझाए।नेट बिजय मा धैलेन्द्र केसी च्याम्पियनसिप भए। कृष्ण तामाङ नेट तर्फ द्वितीय भए। डिभिजन ए अन्तर्गत रिषी केस सेन प्रथम भए। दिपु थापा द्वितीय र असाेक गुरुङ तृतीय भए। डिभिजन बि अन्तर्गत कुमार गुरुङ प्रथम, द्वितीय भिम गर्बुजा, तृतीया मन कुमार रानाले जित्न सफल भए। डिभिजन सि अन्तर्गत जाेगेन्द्र लिम्बू र द्वितीय भिम गुरुङले जित्न सफल भए। गंगा मल्लले सिनियर ग्रुपमा बिजयी प्राप्त गरे भने नाेभल्टिजमा फुरतेन्जी शेर्पा, प्राे एप्राेच खेल तर्फ आश बहादुर गुरुङ र एलडि ओपन खेलमा बिकास गुरुङ ले सफल हासिल गरे।

कार्यक्रम काे समापनमा बिजेता हरू लाई प्रायाेजक चन्द्र बहादुर गुरुङ र शान्ता गुरुङ, तेजबहादुर गुरुङ र अन्जु गुरुङ, ग्याम गुरुङ र प्रेम गुरुङ, लक्ष्मी गुरुङ, इन्द्र गुरुङ,हुमाशिरी गुरुङ, याेगराज राइ, हेमा राइ, रूपा राना, आङ कुमारी लिम्बू, कुमारी लाेकथाम, मन्जु गुरुङ र हरी राइले क्रमस बिजेता हरूलाई नगद र ट्रफी पुरस्कार बितरण गरे। बिगत पाँच बर्ष पहिले देखि सन्चालन गाेरखा हिल गल्फ च्याम्पियनसिप बाट बचत रकम नेपाल मा अनाथ असहाय बालबालिका हरू काे सहयोग मा मदत पुर्याउदै आएको प्रायाेजक चन्द्र बहादुर गुरुङ ले बताए।

सम्पूर्ण सहयोग दाता आफन्त जन हरू लाई र गाेर्खा गल्फ साेसाइटी युके का कार्यसमिति र मिडिया बिएफबिएस प्रति आभार धन्यवाद प्रकट गरे।कार्यक्रम काे समापन गर्दै गाेर्खा गल्फ साेसाइटी युके का सेक्रेटरी बिष्णु थापाले सन्चालन गरेका कार्यक्रम मा अध्यक्ष देब रानाले बेलायत का बिभिन्न टाढा टाढा बाट भाग लिन आउनुभएको सम्पूर्ण साेसाइटी का सदस्य हरू, प्रायाेजक चन्द्र बहादुर गुरुङ, शान्ता गुरुङ र सम्पूर्ण सहयोग दाताहरु लाई धन्यवाद ब्यक्त गरे ।

अध्यक्ष राना लेअगामी बेलायतमा हुने खेलहरूमा भेटघाट गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम काे अन्त्यमा गाेर्खा गल्फ साेसाइटी युके का सदस्य हरू र फोल्कोस्टोन बासी दिदी बहिनी हरु ले खानाको व्यवस्था गरिएको थियो। अध्यक्ष देब रानाले प्रत्यक्ष अप्रत्यक्ष सहयोगी हातहरु तथा प्रायाेजक चन्द्र बहादुर गुरुङ , शान्ता गुरुङ र कार्यक्रम काे बिसेष जानकारी मिडियामा संप्रेषण गर्नु हुने बिएफबिएस गाेर्खा रेडियो का सन्चालक याेग राज राइ र रूपा राना, हल उपलब्ध गराउने फाेल्काेस्टाेन नेपालिज कम्युनिटी लाई धन्यवाद दिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!