‘तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहेबारी हुन्छ’ भन्ने अधिवक्ताले माफी माग्नुपर्छ : घेदुङ

SHARE:


काठमाडौं २४ जुलाई २०२३ । नेपाल तामाङ घेदुङले तामाङ समुदायको अस्मितामाथि चोट पुग्ने गरी आधारहीन तर्क दिने अधिवक्ताले सार्वजनिक रुपमै माफी माग्नु पर्ने माग गरेको छ ।

कार्यवाहक महासचिव जगतमान लामा (दोङ) ले सोमबार विज्ञप्ति निकाल्नु हुँदै सार्वजनिक सञ्चारमाध्यममबाट कुनै जाति समुदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलतरुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने भएकोले सम्बन्धित व्यक्तिले माफी माग्नुपर्ने बताएका हुन् । एक टेलिभजनबाट प्रसारण हुने ‘चिया गफ’ नामक टक शोमा अन्तर्वार्ता दिने क्रममा अधिवक्ता भगवती पाण्डेले हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहेबारी हुने, त्यसरी विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधमा संलग्न हुने गलत उदाहरण प्रस्तुत गर्नुभएको थियो । उक्त भनाइको खण्डन गर्दै घेदुङले अधिवक्ता पाण्डेले अध्ययन अनुसन्धानबिना दिएको उक्त अभिव्यक्तिले तामाङ समुदायको भावना र अस्मितामा ठूलो चोट पुगेकोले गम्भीर आपत्ति एवं खेद व्यक्त गरेको छ ।

‘कुनै पनि जाति समुदायको विषयमा सार्वजनिक सञ्चारमाध्यममबाट अभिव्यक्ति दिँदा उक्त समुदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलत रुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने कुरा अधिवक्ता पाण्डेलाई ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, ‘चिया गफ’ कार्यक्रममार्फत दिएको गलत अभिव्यक्ति तत्काल सच्याई उक्त अभिव्यक्तिबाट तामाङ समुदायको अस्मितामा पर्न गएको चोटप्रति सार्वजनिक रुपमा माफी माग्न अधिवक्ता पाण्डेलाई अनुरोध गर्दछौं । अन्यथा, कानुनी उपचारमा जान बाध्य हुने कुरासमेत जानकारी गराउँदछौं ।’

तामाङ समुदायको विषयमा गलत तथ्यसहितको अन्तर्वार्ता प्रसारण गर्ने संस्था टेलिभिजनलाई पनि तत्काल उक्त कार्यक्रमका भिडियोहरु सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतबाट हटाउन तथा अधिवक्ता पाण्डेले ‘चिया गफ’ कार्यक्रममा दिएको अभिव्यक्ति सच्याइएको सामग्री प्रसारण गर्नसमेत घेदुङले अनुरोध गरेको छ । तामाङ जाति प्राचीनकालदेखि नेपालमा बसोबास गर्दै आएको आदिवासीहरुमध्ये तेस्रो ठूलो जनसंख्या भएको जाति हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!