समाजसेवी धनकाजी र होमकुमारी गुरुङ दम्पतीलाई स्याङ्जा समाज युकेको सम्मान

SHARE:

लन्डन । स्याङ्जा समाज यूकेले समाजसेवी धनकाजी गुरूङ र होमकुमारी

लन्डन । स्याङ्जा समाज यूकेले समाजसेवी धनकाजी गुरूङ र होमकुमारी गुरुङ दम्पतीलाई निवासमै पुगेर सम्मान गरेको छ ।

बुधबार ८ जुलाई २०२६ का दिन ईस्टहाम निवासी स्याङ्जा समाज यूकेका सल्लाहकार धनकाजी गुरुङ र स्याङ्जा समाज यूकेकी संस्थापक आमा अध्यक्ष होमकुमारी गुरुङलाई अध्यक्ष रुपा गुरुङ, महासचिव यमबहादुर गुरुङ, सल्लाहकार एलबिजेड गुरुङ र आमा अध्यक्ष पार्वती गुरुङ (माइला) ले सम्मान गरेका हुन् । समाजसेवी गुरुङद्वयलाई फेटा, खादा र मायाको चिनो प्रदान गरिएको थियो । स्याङ्जा समाज यूकेका सल्लाहकार धनकाजी गुरुङ नातागोता परिवार मन्च यूकेका अध्यक्षसमेत हुन् । यस्तै हुमकुमारी गुरुङ लन्डन इकाईको पूर्व आमा अध्यक्ष, ईन्टरनेसनल नेपलिज युकेको सभापति पनि भएकी छन् ।

धनकाजी र होमकुमारी दम्पती २० वर्षभन्दा बढी समयदेखि समाजसेवामा लागिरहेका छन् । मनकारी दम्पतीले बुधबार पनि स्याङ्जा समाज यूकेको आर्थिक पाटो बलियो होस् भन्ने उद्देश्यले नगद सहयोग गरेको आमा अध्यक्ष पार्वती गुरुङले फेसबुकमार्फत जानकारी गराएकी छन् ।

आमा अध्यक्ष पार्वती गुरुङकी छोरीज्वाइँलाई बधाई दिइएकोमा, महासचिव यम बहादुर गुरुङ, सदस्य नुरबहादुर गुरुङले नयाँ घर किनेको र नातिले ग्रेजुयएन गरेको खुसीयालीमा समाजलाई आर्थिक सहयोग गरेका थिए । यस्तै स्याङ्जा समाज यूकेकै प्रोपर्टी म्यानेजर चन्दा थापाले पनि प्लमस्टिडमा नयाँ घर किनेको खुसीयालीमा आर्थिक सहयोग गरेकी छन् ।

यस्तै स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नं १ रामकोट घर भई हाल बेलायतको क्याम्बर्लीमा बस्दै आएका भिमबहादुर गुरुङको २० मे २०२६ मा निधन भएको थियो । भिमबहादुरको अन्त्येष्टि र पुण्य काजकिरियापछि परिवारको तर्फबाट स्याङ्जा समाज यूकेलाई आर्थिक सहयोग गरेको थियो । यी पाँच घर परिवारबाट दुई हप्ताको अन्तरालमा १ हजार १ सय ५० भन्दा बढी पाउन्ड समाजलाई प्राप्त भएको अध्यक्ष रुपा गुरुङले जानकारी दिएकी छन् ।

स्याङ्जा समाज यूकेले सबैको सुखदु:खमा साथ, सहयोग दिँदै आएकोले समाजको आर्थिक पाटो बलियो बनाउन सहयोग आइरहेको आमा अध्यक्ष पार्वती गुरुङले बताइन् । आमा अध्यक्ष गुरुङले भनिन्, ‘सबैलाई भेदभाव बिना निस्वार्थ भावनाले जरुरत परेको ठाउँमा सेवा दिँदै आएको र भविष्यमा पनि सकेको सहयोग गरिरहने छौं ।’


ओईलिङ निवासी पार्वती गुरुङको परिवारको तर्फबाट पनि समाजलाई आर्थिक सहयोग गरिएको छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!