नेपाल आदिवासी जनजाति महासंघ यूकेको छैटौं महाधिवेशन आउँदो वर्षको अप्रिल २७ मा

SHARE:

लन्डन ६ जुलाई २०२३ ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको छैटौं महाधिवेशन आउँदो वर्षको २७ अप्रीलमा हुने भएको छ ।

यही सेप्टेम्बर ४ तारिखमा अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा बसेको जुम बैठकमार्फतको पूर्ण बैठकले सन् २०३४ को अप्रिलमा महाधिवेशन गर्ने निर्णय गरेको हो । ‘नेफिनको आगामी छैटौं महाधिवेशन २७ अप्रील २०२४ शनिबारको दिन तमुधिं भवन मिचेटमा गर्ने र हल बुकिङका लागि सल्लाहकार एकेन्द्र गुरुङलाई जिम्मेवारी दिने निर्णय गरियो,’ बैठकको निर्णयबारे अध्यक्ष शेर्पाले भने ।

उक्त महाधिवेशनमा विमोचन गर्ने गरी संघको स्मारिका निकाल्ने र यसको सम्पूर्ण जिम्मेवारी महासचिव विमला सेनेलाई दिने निर्णय गरिएको छ । बैठकले २९ औं विश्व आदिवासी दिवस कार्यक्रमको समीक्षा गर्दै चलचित्र महासंघ तदर्थ समितिलाई पूर्णता दिने, १४ औं नेपाली मेलामा झाँकी प्रदर्शन गरी एम्बासडर कप जित्न सफल भएको किरात राई यायोक्खा यूके र तेस्रो विजेता पासाःपुच गुठी यूकेलाई बधाई दिने प्रस्ताव पारित गरेको छ ।

नेपालको प्रदेश १ को पुनः नामांकनको विषयमा भइरहेको आन्दोलनलाई युकेबाट सहयोग तथा समन्वय गर्नका लागि यूकेस्थित जातीय संघसंस्था तथा पहिचानवादी घटकहरुसँग समन्वय गरी समिति गठन गर्नका लागि यही सेप्टेम्बर २४ तारिखमा बैठक बस्नेलगायत निर्णय पनि गरिएको छ । बैठकको अन्तमा सहभागी सबैलाई धन्यवाद दिँदै अध्यक्ष शेर्पाले बैठक समापन गरेको महासचिव विमला सेनेले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!