सिन्धुली २४ सेप्टेम्बर २०२३ । नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान चयन भएका छन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सिन्धुलीको नवौं अधिवेशनबाट स्याङ्तानको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपाध्यक्षमा सरस्वती लामा र फुर्वा लामा, सचिवमा रामबहादुर थिङ, सहसचिवमा विज्ञान दोर्जे बल, कोषाध्यक्षमा बाबुलाल ब्लोन चयन भएका छन् ।
सदस्यहरुमा देबबहादुर गोले, शुभद्रा घलान, बिभलमान मोक्तान, सुनमाया तामाङ, बिमला तामाङ, रुपेश मोक्तान, मेघबहादुर तामाङ, धनबहादुर स्याङ्तान र बिष्णु स्याङतानलगायत रहेको आयोजकले जनाएको छ ।
शनिबारबाट सिन्धुलीमाढी तामाङ घेदुङका संघीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशन उद्घाटन गरिएको थियो । संघीय वरिष्ठ उपाध्यक्ष ब्लोनले तामाङको अभियानलाई बस्ती, टोल र घरघरमा पुगेर अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । तामाङको अधिकार र पहिचान सुनिश्चितताको लागि पराम्परागत ज्ञान, सिपको प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य सुशीला थिङले तामाङले आफ्नो पहिचान भुलेर बाहिरी संस्कार अंगाल्दा पटक-पटक अन्य जातिले तामाङ जातिहरुमाथि धावा बोलेको बताइन् ।
प्रतिनिधिसभा सदस्य सुकुमाया तामाङ, प्रदेश सांसद छेत्रबहादुर बम्जन, घेदुङका केन्द्रीय उपमहासचिव हर्कमान तामाङ, जिल्ला समन्वय समिति सिन्धुली संयोजक कार्साङ लामालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष गम्भीरसिंह मोक्तानको अध्यक्षतामा भएको थियो ।






