वंशु गुरुङको सम्झनामा तनहुँमा विजयोत्सव

SHARE:

तनहुँ । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले आज उहाँको जन्मभूमि तनहुँ शुक्लागण्डकी नगरपालिका– १२, ढोर जसपुरमा २५६औँ सिन्धुलीगढी विजयोत्सव मनाएको छ ।

प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले सिन्धुलीगढीमा नेपाली (गोर्खाली) फौजले अङ्ग्रेजलाई पराजित गरेको घटना नेपालको इतिहासकै सबैभन्दा महत्वपूर्ण घटना भएको भन्दै त्यस्तो विशेष योगदान दिएका ऐतिहासिक व्यक्तित्वलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउनु भयो । ऐतिहासिक व्यक्तित्व गुरुङको सन्तान रहेको जसपुरको विकासका लागि आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ ।

शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर बिकले नगरपालिकाको पहिलो मेयर किसान गुरुङ वंशु गुरुङकै सन्तान रहेको स्मरण गर्दै जसपुर र वंशु गुरुङ स्मृतिस्थलको विकासका लागि सक्दो पहल गर्ने बताउनुभयो । वंशु गुरुङको इतिहास खोजीका अभियन्ता अग्रज पत्रकार डण्ड गुरुङले सिन्धुलीगढी विजयोत्सवको कार्यक्रम सिकारी सरकार वंशु गुरुङ स्मृति प्रतिष्ठानले नभई नगरपालिकाले नै अपनत्व ग्रहण गरेर मनाउनु पर्ने बताउनु भयो ।

वंशु गुरुङ सिन्धुलीगढी युद्धका एक मुख्य नायक हुन् । वि. सं. १८२४ को असोज १५ गते सिन्धुलीगढीमा कप्तान किनलकको नेतृत्वमा रहेको अङ्ग्रेज सेनालाई गोर्खाली सेनाले पराजित गरेको थियो । त्यसअघि अङ्ग्रेज फौज विश्वमा कहीँ पनि पराजित भएको थिएन ।

कार्यक्रममा वंशु गुरुङ स्मृतिग्रन्थ प्रकाशनमा विशेष योगदान दिएको भन्दै डण्ड गुरुङ र मनिराज गुरुङलाई सम्मान गरिएको थियो । प्रतिष्ठानको वेवपोर्टल पनि सार्वजनिक गरिएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लालजङ गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

आजै सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीगढीमा पनि विजयोत्सवको कार्यक्रमअन्तर्गत नागरिकस्तरमा सिन्धुलीगढी सम्पदा यात्रा आयोजना गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!