जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प, स्थानीय त्रसित

SHARE:

काठमाडौं ६ नोभेम्बर २०२३ ।

शुक्रबार मध्यरातमा विनासकारी भूकम्प गएको जाजरकोटमा सोमबार मध्यन्ह पनि दुई पटक लगातार दोहोरिएको छ ।

जाजरकोटकै रामिडाँडा केन्द्रबिन्दु बनाएर आज नौ मिनेटको अन्तरमा दुई धक्का दिएको हो । आज दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै, त्यसको नौ मिनेटमा अर्को परकम्प गएको छ । केन्द्रकाअनुसार ४ बजेर ४० मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको दोस्रो झड्का गएको छ । मापन केन्द्रकाअनुसार अर्को जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

गत शुक्रबार राति ६.४ म्याग्नेच्युटको भूकम्प गएपछि जाजरकोटमा लगातार परकम्प गइरहेको छ । शुक्रबारदेखि सोमबार बिहानसम्म एक सयभन्दा बढी परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । उद्दार जारी भइरहेकै बेला गएको पछिल्लो भूकम्पको धक्काले जाजरकोटबासीमा त्रास फैलिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!