एनआरएनएद्वारा भूकम्पपीडितलाई राहत वितरण

SHARE:

काठमाडौं ७ नोभेम्बर २०२३ ।

गैरआवासीय नेपाली संघले जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावितहरुलाई मंगलबार राहत सामग्री हस्तान्तरण गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

राहत सामग्री वितरण गर्दै संघका अध्यक्ष डा. केसीले भूकम्पका कारण सिंगो देश लगायत विदेशमा रहेका नेपालीहरुको मन दुखेको बताए । उनले विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुको गाँस काटेर संकलन भएको सानो सहयोग भूकम्प पीडित समक्ष ल्याउन पाउँदा सन्तोष मिलेको बताए ।

केसीले सन् २०१५ मा गएको महाभूकम्पमा समेत गैरआवासीय नेपाली संघले ५ सय भन्दा बढी स्वयं सेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको स्मरण गर्दै जाजरकोट र रुकुम पश्चिमको पुर्नर्निमाणमा समेत विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै संघका महासचिव गौरीराज जोशीको नेतृत्वमा रुकुम पश्चिम पुगेको संघको टोलीले स्थानिय सरकारको समन्वयमा मंगलबार विहान राहत सामग्री वितरण गरेको छ । सो टोली तीन दिन लगाएर भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो । संघका महासचिव जोशीका अनुसार भूकम्प अति प्रभावित आठबीसकोट नगरपालिकामा संघको तर्फवाट भूकम्प पीडित घरपरिवारहरुका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो ।

संघले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल २०० थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल ४०० जोर, चामल ४०० बोरा, दाल १०० केजी, १००० लिटर तेल, ५०० केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको छ ।

यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामाग्री वितरण गरिएको हो । यसअघि संघका अध्यक्ष डा. केसीको अध्यक्षमा बसेको आकस्मिक बैठकले न्यूनतम १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गर्दै भूकम्प प्रभावित क्षेत्रमा खट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको थियो ।

राहत सामाग्री वितरणका लागि संघका अध्यक्ष केसी र महासचिव जोशीसहित उपाध्यक्ष राज रेग्मी, महिला उपाध्यक्ष रोजिना प्रधान राई, उपमहासचिव प्रविन गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्षद्वय कृष्ण तिमल्सेना, अभिमन्यू बस्नेत लगायतको टोली भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!