चीनद्वारा नेपाललाई झन्डै ३० करोड बराबरको राहत सामग्री हस्तान्तरण

SHARE:

काठमाडौैं ८ नोभेम्बर २०२३ ।

??????,?? ??????? ??????????????? ??? ?????????? ?????????? ??????? ? ??????? ???? ??????? ?????? ??? ??? ?????? ????? ??????????????? ??????????? ??????? ????????????? ???? ???????????? ?????? ?????? ?????? ????????? ????? ??????? ????? ????? ? ?????? ? ????? ?????,????

चीन सरकारले नेपाललाई झन्डै ३० करोड रुपैयाँ बराबरको राहत र सहायता सामग्री हस्तान्तरण गरेको छ ।

जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे । आज बुधवार बिहान चिनियाँ सेनाका दुई वटा कार्गो जहाज राहत सामग्री लिएर पोखरा विमानस्थलमा अवतरण भएका थिए ।

राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै देश एकअर्काको दुःखमा साथमा रहेको भन्दै मन्त्री श्रेष्ठले यो द्रुत सहयोगले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रमाणित गरेको बताए ।

यस्तै राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको दुःखमा चीनले मलम लगाउने प्रयास गरेको बताए । चीनबाट आज चार हजार छ सय वटा कम्बल र छ सय वटा टेन्ट आएका छन् ।

यसअघि रसुवागढी नाका हुँदै २३ वटा ट्रकमा १० करोड रुपैयाँ बराबरका राहत सामग्री आएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!