नेपाली अभियन्ता श्रेष्ठले पाए बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीइ’ पदक

SHARE:

लण्डन ८ नोभेम्बर २०२३ ।

बेलायतस्थित नेपाली समुदायका वरिष्ठ अभियन्ता महन्त श्रेष्ठले बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीइ’ सम्मान पाएका छन् ।

सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स द्वीतीयबाट बुधबार उनले‘ओबीइ’ पदक पाएका हुन् । बुधबार बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा श्रेष्ठले उक्त सम्मान ग्रहण गरे ।

सो क्रममा राजासँग करिब तीन मिनेट समय पाएका श्रेष्ठले रानीका साथ फेरी नेपाल घुम्न आउन निमन्त्रणा गरेको बताए । राजाले सोप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा हालै गएको भूकम्पबारे चासो राखेका श्रेष्ठले बताए ।

नेपाली राष्ट्रिय पोशाकमा सजिएर पदक थाप्न गएका श्रेष्ठले यो सम्मान समस्त नेपालीको भएको बताउंदै आजको दिन आफ्नो जीवनकै विशेष भएको बताए । बकिङहम प्यालेसमा श्रेष्ठ दम्पत्ति र सफल व्यवसायी तथा सामाजिक अभियन्ता रविन्द्र जंग लामिछाने पनि गएका थिए ।

बेलायतमा राज्य स्तरबाट प्रदान हुने यो प्रतिष्ठित सम्मान यसअघि केही नेपालीले मात्र प्राप्त गरेका छन् । श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पनि हुन् । उनको लण्डन इलिङमा ८० को दशकमा खुलेको ‘मन्टिज रेस्टुरेन्ट’ निकै चर्चित छ भने उनले नेपाल ठमेलमा केही बर्षअघि मात्र होटल ‘एम’ सन्चालनमा ल्याएका छन् ।

पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!