बरिष्ठ समाजसेवी महन्त श्रेष्ठ ‘ओबीइ’ पदकद्वारा सम्मानित

SHARE:

लन्डन- बेलायतस्थित नेपाली समुदायका वरिष्ठ समाजसेवी महन्त श्रेष्ठले बेलायतका राजाबाट प्रतिष्ठित पदक ‘ओबीइ’ पदकद्वारा सम्मानित भएका छन्।

उनले बिशेष गरि सामाजिक क्षेत्रमा सेवा पुर्‍याएबापत उनको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स द्वीतीयबाट बुधबार उनलाई ‘ओबीइ’ पदक प्रदान गरेको हो।

श्रेष्ठले बुधबार बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहमा श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका हुन् ।

सो क्रममा राजासँग करिब तीन मिनेट समय पाएका श्रेष्ठले रानीका साथ फेरी नेपाल घुम्न आउन निमन्त्रणा गरेको बताए ।

राजाले सोप्रति धन्यवाद व्यक्त गर्दै नेपालमा हालै गएको भूकम्पबारे चासो राखेका श्रेष्ठले बताए ।

नेपाली राष्ट्रिय पोशाकमा सजिएर पदक थाप्न गएका श्रेष्ठले यो सम्मान समस्त नेपालीको भएको बताउंदै आजको दिन आफ्नो जीवनकै विशेष भएको बताए ।

बकिङहम प्यालेसमा श्रेष्ठ दम्पत्ति र सफल व्यवसायी तथा सामाजिक अभियन्ता रविन्द्र जंग लामिछाने पनि गएका थिए । ‘महन्त दाईले यो प्रतिष्ठित पदक पाउनु नेपाल र नेपालीकै गर्वको कुरा हो’, लामिछानेले नेपालीलिंकसँग भने, ‘उहाँ हामी सबैको अभिभावक र प्रेरणास्रोत पनि हो ।’

बेलायतमा राज्य स्तरबाट प्रदान हुने यो प्रतिष्ठित सम्मान यसअघि केही नेपालीले मात्र प्राप्त गरेका छन्।

श्रेष्ठ एनआरएनए यूकेका संस्थापक अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पनि हुन्। उनको लण्डन इलिङमा ८० को दशकमा खुलेको ‘मन्टिज रेस्टुरेन्ट’ निकै चर्चित छ भने उनले नेपाल ठमेलमा केही बर्षअघि मात्र होटल ‘एम’ सन्चालनमा ल्याएका छन् ।

पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स 
(बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!