सुमन कुलुङ र फुर्वा शेर्पाले पाए ११ औँ एभरेष्ट ट्रेल रेसको उपाधि

SHARE:

काठमाडौं १७ नोभेम्बर २०२३ ।

११ औँ संस्करणको एभरेष्ट ट्रेल रेसको उपाधि पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ फुर्वा शेर्पाले जितेका छन् ।

६ दिनसम्म चलेको प्रतियोगितामा निर्धारित एक सय ७५ किलोमिटर दूरी कुलुङले २० घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गरे । यस्तै, महिलातर्फ फुर्वा शेर्पाले २७ घण्टा १७ मिनेट ३७ सेकेण्डमा पूरा गरिन् ।

आज अन्तिम दिन त्याङ्बोचेबाट लुक्लासम्मको दूरी सुमनले ३ घण्टा १० मिनेट र फुर्वाले चार घण्टा १ मिनेटमा पूरा गरे । प्रतियोगितामा सहभागी १० देशका २९ जना धावकमध्ये १० जना महिला र १९ जना पुरुष थिए । जसमा नेपालका एक महिला र एक पुरुष मात्रै सहभागी थिए ।

पर्यटन वर्ष सन् २०११ देखि एभरेष्ट ट्रेल रेस शुरु भएको हो । अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन र स्पेनको ग्रन्स स्पाइस नामक कम्पनीले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । ६ दिनसम्म चल्ने दौडमा निर्धारित १ सय ७५ किलोमिटर दूरीमध्ये ३३ किलोमिटर दूरी उकालो ओरालो मात्रै रहेको छ ।

६ दिनअघि सोलुखुम्बुको पत्ताले धापबाट शुरु भएको दौड पिके डाँडा, जुनबेँसी, थुप्तेनछोलिङ, रिङ्मु, टाक्सिन्दु, खरीखोला, फाक्दिङ, नाम्चे हुँदै फोर्चे पुगेर आज त्याङबोचेबाट लुक्लामा झरेर सकिएको अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!