यही नोभेम्बर २२ का नेपाल र बेलायतका अधिकारीबीच वार्ता हुने, प्रतिनिधिको टुंगो लाग्यो

SHARE:


लन्डन १८ नोभेम्बर २०२३ । गोर्खा भूतपूर्व सैनिकहरूको विभिन्न समस्याहरूको समाधानका लागि चार दिनपछि नेपाल र बेलायतका अधिकारीबीच अन्तिम चरणमा वार्ता हुने भएको छ ।

यही नोभेम्बर २२ का दिन बेलायतको वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालयमा अन्तिम वार्ता हुने नेपाली दूतावासले जनाएको छ । वार्तामा नेपाली टोलीको प्रतिनिधित्व बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गर्ने भएका छन् भने नेपालबाट परराष्ट्र मन्त्रालयका युरोप महाशाखा हेर्ने सहसचिव पनि आउने भएका छन् ।

वार्ताको तयारीका बारेमा शुक्रबार लन्डनस्थित नेपाली दूतावासमा गोर्खा भूतपूर्व सैनिकहरूका सरोकारवाला प्रतिनिधिहरूसहित भएको छलफलमा वार्तामा गोर्खाहरूका तर्फबाट भाग लिने प्रतिनिधिहरूको टुंगो लागेको छ । यसअघिका वार्तामा भाग लिँदै आएका मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङका अलावा यसपटक गोर्खा सत्याग्रहका संयोजक कृष्णबहादुर राईले पनि भाग लिनेछन् ।

वार्ता टोलीका सदस्य धर्मबहादुर तामाङका अनुसार अन्तिम वार्तामा गोर्खा सत्याग्राहीहरूले समेत भाग लिन इच्छा व्यक्त गरेपछि थप दुई जना गोर्खाका प्रतिनिधिहरू सरिक गराउन बेलायती रक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरिएको छ । छलफलमा गोर्खा भूतपूर्व सैनिक संस्थाहरूका प्रतिनिधिहरूले अन्तिम वार्तामा पेन्सन पहिलो माग हुनुपर्नेमा एकश्वर भएका छन् । पहिले पेन्सनको मागमा टुङ्गोमा पुगेपछि मात्र अरू विषयमा वार्ता अगाडी बढाउनु पर्ने उनीहरूको अडान छ ।

छलफलमा राजदूत आचार्यले पनि नेपाल सरकारको भनाइ पनि गोर्खाहरूको जस्तै पेन्सनलाई नै वार्ताको पहिलो प्राथमिकता बनाउनुपर्छ भन्ने रहेको र सोही कुरा उठाउने बताउनुभएको तामाङले जानकारी दिए ।

छलफलमा राजदूताबासबाट राजदूत आचार्य, उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचरी रत्नबहादुर गोदार हुनुहुन्थ्यो भने गोर्खाहरूका तर्फबाट सत्याग्राहीहरू ज्ञानराज राई, पुष्पा राणा घले र धनबहादुर गुरुङ, वार्ताकारहरू मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ, गोर्खा सत्याग्रह संयुक्त स‌ङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राई, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) उपसभापति क्षेत्रकला राई, शेर सुनार र मेजर रिटायर्ड उदयबहादुर गुरुङ सहभागी थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!