११५ औँ देवकोटा जयन्ती तथा स्व. जानकी मानन्धरको श्रद्धान्जली कार्यक्रम सम्पन्न

SHARE:

सुमलकुमार गुरुङ

लन्डन १९ नोभेम्बर २०२३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती तथा स्व. जानकी मानन्धरको श्रद्धान्जली शोकसभा कार्यक्रम शनिबार १८ नोभेम्बरका दिन जुमद्वारा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार सुमलकुमार गुरुङले संयोजन गरेका थिए । संस्थाकी सचिव मन्जु भण्डारीले सन्चालन गरेको कार्यक्रमलाई समाजकी उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् । कार्यक्रममा लगभग २०/२२ जनाको सहभागिता थियो ।

नेपालमा जाजरकोटमा हालै गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेहरू र अनेसास बेलायतद्वारा प्रत्येक वर्ष प्रदान गरिने सुप्रमा ईप्रमा साहित्यिक पुरस्कारको संस्थापक स्व: ईश्वर मानन्धरका श्रीमती स्व: जानकी मानन्धरप्रति श्रद्धान्जलीका लागि कार्यक्रममा एक मिनटको मौनधारणा गरिएको थियो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे छोटो प्रकाश साथै नेपाली साहित्यमा महाकविको विशेष प्रभावको बारेमा संयोजक सुमलकुमारले प्रकाश पारेका थिए । कार्यक्रममा स्व. ईश्वर मानन्धर तथा मानन्धर परिवारको तर्फबाट उनका पुत्र विनोद मानन्धर तथा पुत्री सविता मानन्धर उपस्थिति थिए । विनोद मानन्धर तथा सविता मानन्धरले संक्षिप्तमा आफ्नो भनाइ व्यक्त गरेका थिए ।

कार्यक्रममा श्रद्धान्जली प्रकट गर्दै आफ्नो सिर्जना वाचन गर्नेहरुमा क्रमश भरतकुमार श्रेष्ठ, गंगा भण्डारी, विशन थापा, केदार संकेत, जित छन्च्याल, डा। संगिता स्वेच्छा, नानु राना, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, सरुभक्त श्रेष्ठ, राज श्रेष्ठ, निता गुरुङ तथा मन्जु भण्डारीले वाचन गरेका थिए । सहभागि मध्ये केहिले आफ्नो भनाईमात्र राखेका थिए । कार्यक्रममा साहित्यकार दुत पुन (चिम्खोले काइँला), लय प्रसाई तथा आर्चना गुरुङ पनि उपस्थित थिए ।

कार्यक्रमका प्रमुख अतिथि, सरुभक्त श्रेष्ठले देवकाटाको बहुआयमिक देनबारे प्रकाश पार्दै आफूलाई यस्तो गरिमामय कार्यक्रममा प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेकोमा समाजलाई धन्यवाद व्यक्त गरेका थिए । अन्तमा कार्यक्रममा समाध्यक्ष राज श्रेष्ठले स्व। जानकी मानन्धरलाई हार्दिक श्रद्धान्जली व्यक्त गर्दै सुप्रमा ईप्रमा साहित्यिक पुरस्कारका प्रायोजक मानन्धर परिवारलाई आभार व्यक्त गर्र्द यस पुरस्कारको बारेमा प्रकाश पार्दै सबैलाई आधार तथा धन्यवाद प्रकट गरी कार्यक्रम समापन गरेका थिए ।

जन्म जयन्ति तथा सोक सभाको अध्यक्षता अनेसास बेलायत च्याप्टरका अध्यक्ष राज श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार, नाट्य तथा संगीत प्रज्ञा प्रत्तिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठलाई निम्त्याइएको थियो।

उक्त कार्यक्रमलाई संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सुमलकुमार गुरुङले संयोजन गरेका थिए । संस्थाकी सचिव मन्जु भण्डारीले सन्चालन गरेकी कार्यक्रमलाई समाजकी उपाध्यक्ष माया गुरुङले स्वागत मन्तव्य प्रकट गरेकी थिईन । कार्यक्रममा देश तथा विदेशबाट दर्जनौंको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!