नेपालकी रुक्सना कपाली विश्वका १०० प्रभावशाली महिलाको सूचीमा

SHARE:

काठमाडौं २१ नोभेम्बर २०२३ ।

बीबीसीको सार्वजनिक गरेको यस वर्षको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि पर्न सफल भएकी छिन् ।

बीबीसीको विश्वभरका १०० प्रभावशाली, प्रतिभाशाली र प्रेरक महिलाको सूचीमा एकमात्र नेपालीमा कपाली समेटिएकी हुन् । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामा, हलिउड अभिनेतृ अमेरिका फरेरा, पेरुकी पत्रकार कैरोलाइना डाइज, रुसी कवयित्री दारिया सेरेन्को, बलिउड अभिनेतृ दिया मिर्जालगायत समेटिएको सूचीमा रुक्सना परेकी छिन् ।

रुक्साना नेवार जातीय समूहकी सदस्य तथा ट्रान्सजेन्डर मानव अधिकार कार्यकर्ता हुन् । आफ्नो लैंगिक पहिचानबारे थाहा नपाएकी रुक्सानाले जेन्डर तथा सेक्सुआलिटीको विविधताका बारेमा आफैं अध्ययन गरिन् ।

किशोर उमेरदेखि नै उनले समलैंगिक अधिकारका बारेमा सोसल मिडियामा आवाज उठाउँदै आएकी छिन् । रुक्साना अहिले कानुन पढिरहेकी छन् । साथै उनी एलजीबीटीक्यू समुदायको कानुनी तथा संवैधानिक अधिकारका काममा पनि जोडिएकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!