संविधानविपरीतका गतिविधिमाथि रोक लगाउन आदिवासी जनजातिको माग

SHARE:

काठमाडौं २१ नोभेम्बर २०२३ ।

आदिवासी जनजाति सम्बद्ध संघसंस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै ऐतिहासिक परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा विभिन्न १७ वटा आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरूले मंगलबार पत्रकार सम्मेलन गरी धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आह्वान गर्दै यसका विरुद्ध भइरहेका अवान्छित गतिविधिमाथि रोक लगाउन सरकारसँग माग गरेका हुन् ।

नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय केही देशी विदेशी शक्तिहरू लागिपरेको भन्दै ती संस्थाहरुहरूले संघर्षपूर्ण उपलब्धिको रक्षाका निम्ति समयमा सचेतपूर्ण ढंगले लाग्न सबैलाई आग्रह गरे । महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले गणतन्त्रमाथि कसैले धावा बोल्न नपाइने भन्दै रगतको बलिदानी दिएर ल्याएको परिवर्तन भत्काउने कार्यका विरुद्ध आदिवासी जनजाति सम्बद्ध न्यायप्रेमी शक्तिहरू एकजुट भएको बताए ।

त्यस अवसरमा संयुक्त रुपमा जारी विज्ञप्ति वाचन गर्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पहिचान राष्ट्रिय संघर्ष समिति गठन गरेर प्रदेशस्तरीय कार्यक्रम गरिने बताए । जसअन्तर्गत पहिलो चरणमा मगरात(थरुहटको संयुक्त आयोजनामा आगामी मंसिर २३ गते दाङमा, तामाङ घेदुङ र नेवा देय दवूको संयुक्त आयोजनामा आगामी मंसिर ३० गते काठमाडौंमा बृहत् सभाको आयोजना गरिने जानकारी दिए ।

किरात याक्थुङ चुम्लुङका प्रेम यक्तेन, तामाङ घेदुङका अध्यक्ष मोहन गोले र नेवा देय दवूका उपाध्यक्ष उमेश स्थापितले नेपाली जनताको संघर्षपूर्ण इतिहासबाट प्राप्त उपलब्धि रक्षाका निम्ति आदिवासी जनजाति समुदाय एक भएको भन्दै यो उपलब्धि भत्काउन गरिने जुनसुकै गतिविधिको सामूहिक तथा सशक्त रुपमा प्रतिकार गरिने बताए ।

विज्ञप्तिमा नेपालको प्रचलित कानुन र संविधानविपरीत हुने अवान्छित गतिविधि रोक्नसमेत आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, यस्ता गतिविधि नेपालको प्रचलित कानुन र संविधानविपरीत समेत भएकाले त्यस खालको कार्यहरू तत्काल बन्द गर्न, गराउन हामी सम्बन्धित पक्ष र नेपाल सरकारको गम्भीर ध्यानाकृष्ट गराउन चाहन्छौं ।ु

मुलुकमा सहअस्तित्व, समानता र सामाजिक सद्भाव कायम गर्दै शान्तिपूर्ण ढंगबाट धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै संविधान संशोधन र पहिचानको आन्दोलनलाई अघि बढाउन चरणबद्ध रुपमा प्रदेश स्तरीय पहिचान सभाको आयोजना गर्न गइरहेको भन्दै ती सभाहरूमा न्यायप्रेमी जनसमुदायलाई स्वतःस्फूर्त उपस्थिति जनाउन समेत अपिल गरिएको छ ।

मुलुकलाई पछाडि धकेल्न खोज्ने कुनैपनि प्रतिगमनकारी सभा, सम्मेलन र कार्यक्रममा सहभागी नहुन तथा यसको सर्वत्र विरोध र निन्दा गर्न समेत सम्पूर्ण आदिवासी जनजाति समुदायलाई अनुरोध गरिएको छ । यसैगरी स्थानीय समुदायसँग सहमति नलिई काठमाडौं जिल्ला शंकरापुर नगरपालिका- ३ बोझेनीमा लप्सीफेदी चाँगुनारायण सवस्टेशन निर्माण गर्ने नाममा प्रहरी प्रशासनबाट शृंखलाबद्ध गरिरहेको अनावश्यक बल प्रयोग, दमन, धरपकड र गिरफ्तारी जस्ता अमानवीय कार्य तत्काल रोकी वार्ता र संवादको माध्यमबाट उचित निकास खोज्न आग्रह गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!