जुवा खालबाट बुद्ध र यति एयरका कर्मचारी पक्राउ, काउन्टर नै चलाउन सकस

SHARE:

पोखरा । पोखराको रामबजारस्थित एक रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा बुद्ध र यति एयरका कर्मचारी पक्राउ परेका छन् ।

शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा पोखरा प्रहरीले छापा मारी बुद्ध एयरका चार जना, यति एयरका एक जना कर्मचारी पक्राउ गरेका हुन् ।

त्यस्तै, प्रहरीले आयल निगमका कर्मचारी एक जना र मेरी स्टोभमा कार्यरत एकजनालाई जुवा खालबाछ पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

साँझपर्ख एयरपोर्टमा काउन्टर बन्द गरेर फर्किएका बुद्ध र यतिका कर्मचारीहरु जुवा खालबाट पक्राउ परेपछि बिहान बुद्ध र यतिका पोखरा विमानस्थलका काउन्टर चलाउन समेत हम्मे परेको थियो ।

बुद्ध एयर स्रोतका अनुसार, चार जना कर्मचारी एकाएक अनुपस्थित भएपछि एकजना कर्मचारीबाट काम चलाउनुपरेको थियो ।

यसबारेमा प्रहरीले आजै विस्तृतमा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!