काठमाडौं २५ नोभेम्बर २०२३ ।

उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
त्रियुगाको अन्नपुर्ण सेकेन्डरी स्कुलको बस उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा पल्टिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत्यु हुनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी र ७ वर्षका विकास चौधरी रहेका जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्द चौधरीले जानकारी दिए ।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १२ जनालाई थप उपचारको लागि विराटगर पठाएको उनले बताए । बसमा रहेकामध्ये अरु ३२ जना केही सामान्य घाइते भएर जिल्ला अस्पतालमा उपचार गराइरहेका र केही घर फर्किएका उनले बताए ।






