समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं २५ नोभेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन् ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विशाल खड्काको पर्यावरणीय संकट आठ अर्ब मानिसको साझा चुनौति पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले एकथरी मानिसहरु जातिय रुपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक अतिवाद र त्यसबाट कहिँ न कहिँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए ।

उनले राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने मासवादीले भएको र आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गरिरहेको बताए । उनले भने, ‘अहिले एकथरी मानिसहरु जातिय रुपले पनि साम्प्रदायिकता फैल्याउने, धार्मिक रुपले पनि धार्मिक अतिवाद र त्यसबाट कहिँ न कहिँ असहिष्णुता र भएको सामाजिक सद्भाव पनि खलबल पार्ने कोशिष भइरहेको देखिन्छ । यसले आखिरमा राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने भनेको मासवादीले नै हो । आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गर्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले कोप २८ मा नेपाल योद्धाको रुपमा प्रश्तुत हुने बताए । उनले ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणिय जोखिमको मार भुगोलको हिसावले साना र जनसंख्याको हिसावले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नुपरिरहेको बताए । उनले गरिव देशहरुको मध्ये पनि बालबालिका, महिला र अशक्तहरुलाई यसको सबैभन्दा बढी जोखिम भएको बताए ।

उनले भने, ‘ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणिय जोखिमको मार भुगोलको हिसावले साना र जनसंख्याको हिसावले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नुपरिरहेको छ । गरिव देशहरुको मध्ये पनि बालबालिका, महिला र अशक्तहरुलाई यसको सबैभन्दा बढी जोखिम भएको छ । कोपमा हामी अधिकारका लागि लड्ने हिसावले प्रश्तुत हुनेछौँ । हामीले नगरेको कामको दण्ड भोग्नुपर्ने बाध्यता किन आइलागेको छ । यो पटक कोप २८ मा हामी योद्धाको रुपमा प्रश्तुत हुने हो, माग्नेको रुपमा प्रश्तुत हुने होइन । त्यो हाम्रो अधिकार हो । यसैपनि हामीले कम विकसित मुलुकको अध्यक्ष भएको नाताले ४७ देशको प्रतिनिधित्व पनि गर्नुछ । हामीले हाम्रो अधिकार स्थापित गर्ने संघर्षको रुपमा हामी प्रश्तुत हुनेछौँ ।’

प्रधानमन्त्री दाहालले आफ्नो अधिकार स्थापित गर्ने संघर्षको रुपमा कोप २८ मा प्रश्तुत हुने प्रतिवद्धता जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!