प्यारालाइसिसबाट अशक्त बाबुछोरा अक्कल र ध्रुव गुरुङलाई ढोर फिरफिरे समाज युकेबाट आर्थिक सहयोग

SHARE:

पोखरा । तनहुँको शुक्लागण्डकी नरपालिका १२ ढोर जस्पुरका एकै परिवारका बाबुछोरा प्यारालाइसिसले अशक्त छन् ।

बुवा अक्कलबहादुर गुरुङ र छोरा ध्रुव गुरुङ प्यारालाइसिसबाट अशक्त भएपछि उनीहरुलाई आर्थिक समस्या परेको थियो ।

अक्कल र ध्रुवको उपचार र पारिवारिक व्यवस्थापनका लागि ढोर फिरफिरे समाज युकेको तर्फबाट २ लाख ३८ हजार ३०८ रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

ढोर फिरफिरे समाज युकेका अध्यक्ष तुलवीरशोभा गुरुङको नेतृत्वमा संकलित सो रकम शनिवार हस्तान्तरण गरिएको हो ।

सो रकम हस्तान्तरण कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक, संस्थापक नगर प्रमुख किसान गुरुङ, पूर्व वडाअध्यक्ष मनराज गुरुङ, शिकारी सरदार बंशु गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङसहित प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!