गायक हेमन्त शर्माको ‘निरजाले’ युट्युबमा करोड क्लबमा प्रवेश

SHARE:

काठमाडौं २७ नोभेम्बर २०२३ ।

गायक हेमन्त शर्माको गीत ‘निरजाले’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ ।

दसैंअघि सार्वजनिक भएको गीतलाई युट्युवमा एक करोड पटक हेरिएको छ । करोड भ्युज पाएसँगै शर्माले गीतसँग जोडिएका सबैलाई धन्यबाद दिएका छन् ।

उक्त गीतमा गायनमा गायक शर्मालाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । गायक शर्मालेनै संगीत भरेको गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन् ।

गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन रहेको गीतको भिडिओमा काटुन क्रुजका आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । आश्मा र सुनिलले यहि गीतको म्यूजिक भिडिओमा पहिलो पटक जोडीका रुपमा काम गरेका थिए ।

भिडिओमा कोरियोग्राफी तथा निर्देशन सुनिल आफैँले गरेका हुन् भने अमृत चापागाईंको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!