नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:


लन्डन १८ डिसेम्बर २०२३ । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन (एनडीआईए) यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

१६ डिसेम्बर शनिबार क्याप्टेन रिटायर्ड ताम ढेगाको अध्यक्षतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम अध्यक्ष ताम ढेगा र निवर्तमान अध्यक्ष होम रानाले सामूहिक रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

स्वागत मन्तव्य उपाध्यक्ष माधव कार्कीले राखेका थिए । निवर्तमान अध्यक्ष रानाकी श्रीमती स्व भीमकुमारीको केही महिनाअगाडी मात्रै निधन भएकोले उनको आत्माको चीर शान्तीको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा सल्लाहकारत्रय होम राना, मेजर रिटार्यड भोलामान राई र प्रकाश राहुतलाई खादा ओढाइ सम्मान गरिएको थियो ।

यस्तै मनोक्रान्ति अभियन्ता एवं लेखक तथा एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङलाई हालै पहिलो कृति ‘स्वस्थ जिन्दगीको सान’ नामक विमोचन गरेको खुसीयालीमा खादा ओढाइ बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा सल्लाहकार प्रकाश राहुत र अतिथि वसन्त गुरुङको पनि शुभकामना मन्तव्य रहेको थियो ।

दोस्रो चरणमा गायिका बन्दना पाण्डेले विभिन्न नेपाली गीत गाएर उपस्थित सबै दाजुभाइ, दिदीबहिनीहरुलाई बेस्सरी नचाएका थिए ।

रिटार्यड क्याप्टेन ताम ढेगाको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रम सचिव तेज पुनले सञ्चालन गरेका थिए ।

कार्यक्रममा उपस्थित सबै सदस्यहरुले नेम्बाको पुस्तक खरिद गरी सहयोग गरेका थिए भने नेम्वाङले स्वास्थ्य र आनन्द प्राप्तिका लागि मनोक्रान्तीबारे प्रस्ट्याएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!