बिसीसी युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू ल्होछार मनाउँदै

SHARE:


लण्डन १९ डिसेम्बर २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाउने भएको छ । आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाउन लागिएको हो ।

उक्त ल्होछारका लागि नेपालबाट आमान्त्रित धर्मगुरु खेन्पो किरण तुलाचनको बिशेष उपस्थितिमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी, आयु, छोग, घनचक्र पूजाका साथसाथै आयूको अभिषेक प्रदान गरिने कार्यक्रम रहेको छ । उक्त ल्होछारका दिन आमान्त्रित खेन्पो किरण, खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ गर्ने छ ।
विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसबर्ष विश्वभर रहेका गुरुङहरुले बिरोलो बर्गलाई बिदाई गर्दै गिद्ध बर्गलाई स्वागत गर्ने क्रममा उक्त धार्मिक पूजापाठको आयोजना गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन देब घलेले जानकारी गराए ।

कार्यक्रममा तमू धीं युके, मगर संघ यूके, तामाङ्ग सोसाईटी यूके, थकाली समाज युके, ह्योल्मो समाज युके, रङ्गजुङ्ग येशे उडियना सेन्टर, एनआरएनए युके, शेर्पा एशोसिएशन युके, तमु धिं लण्डन ईकाई, साउथ ईष्ट रिजनल तमु धिं लण्डन, तमु धिं हमसायर ईकाई, लमजुङ्ग समाज युके, तमु प्ये ल्हु संघ युके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्चलगायत संघसंस्थालाई आमन्त्रण गरिएको बताइएको छ ।

बिहान ९ बजे देखि साँझ ५ बजेसम्म संचालन हुने सो कार्यक्रममा नयाँ लुंदा फेरिने भएको हुँदा साथमा सत्क्यु–पत्क्यु र नाङ्ग काटेर आइतबार ३१ डिसेम्बरको बिहान ११ बजे भित्र गुम्बामा ल्याईदिनहुन बीसीसी युकेले अनुरोध गरेको छ । साथै, साे कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुखलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरु, सल्लाहकारहरूले बिशेष जिम्मेवारी लिएको संयोजक क्याप्टेन घलेले बताए । साथै, उनले उक्त दिन आयोजना हुने धार्मिक पूजापाठमा सहभागी हुन सबैमा हार्दिक अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!