निर्वाचनको सम्भावना बढ्दै जाँदा बेलायतको अर्थतन्त्रमा सङ्कुचन

SHARE:

लण्डन २२ डिसेम्बर २०२३ ।

बेलायतको अर्थतन्त्र तेस्रो त्रैमासिकमा अप्रत्याशितरूपमा सङ्कुचन भएको शुक्रबार आधिकारिक आँकडाले देखाएको छ ।

यसबाट आगामी वर्ष हुनलागेको निर्वाचनभन्दा अगाडि नै सम्भावित मन्दीको आशङ्का बढेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार जुलाई र सेप्टेम्बरको बीचमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा शून्य दशमलव एक प्रतिशतले घटेको छ । यो शून्य वृद्धिको पूर्वानुमानभन्दा कम हो ।

ब्याजदरमा वृद्धि, उच्च मुद्रास्फीति र सेवा क्षेत्रको गिरावटले गतिविधिमा प्रतिकूल असर परेको थियो । ओएनएसले दोस्रो त्रैमासिकमा अर्थतन्त्र स्थिर रहँदा शून्य दशमलव दुई प्रतिशतले वृद्धि हुने उसको अघिल्लो अनुमान कम भयो । यसबाट सम्भावित मन्दीको अनुमान तीव्र भएको छ । यसलाई नकारात्मक आर्थिक विकासको लगातार दुई त्रैमासिकका रूपमा परिभाषित गरिएको छ ।

“तेस्रो त्रैमासिकमा वास्तविक जिडिपीमा सङ्कुचनको अर्थ हल्कारूपमा मन्दी सुरु भएको छ”, क्यापिटल इकोनमिक्सक विश्लेषक एशले वेबले भने, “तर सानो मन्दी भए पनि वा नभए पनि सन् २०२४ को पूरा वर्षमा जिडिपी सुस्त रहने अनुमानका लागि यो ठूलो तस्बिर हो ।”

बेलायतबासीले जीवनयापनको सङ्कटसँग सामना गरिरहेको बेला निर्वाचनमा विपक्षी लेबर नेता किर स्टार्मरभन्दा पछि पर्नुभएका कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकका लागि शुक्रबारको निराशाजनक तथ्याङ्कले झट्का दिएको छ ।

बैंक अफ इङ्गल्यान्डको दरहरूमा भएको वृद्धिपछि बेलायती मुद्रास्फीति दुई वर्षभन्दा लामो समयमा सबैभन्दा तल्लो स्तरमा आएको ओएनएसको आँकडाबाट थाहा पाएपछि प्रधानमन्त्री सुनक बुधबार उत्साहित भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!