लन्डन २६ डिसेम्बर २०२३ । बेलायत निवासी समाजसेवी छविमाया पुनमगरको मौलिक लोक कोसेली (सालैजो) ‘युकेको लाहुरे’ सार्वजनिक भएको छ। उनि बाग्लुङ समाज युकेका निबर्तमान अध्यक्ष तथा मगर संघ युकेका निबर्तमान उपाध्यक्ष समेत हुन्।
युवराज मगर र तारा श्रीस मगरको आवाज, पल शाह, कविता नेपाली, शेखर घर्ति मगर, चाहना मगर र प्रतिशा लामाको अभिनय रहेको म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको हो ।
शिव हमालको शब्द रचना, संगीत युवराज मगर, संगीत संयोजन कृष्णबहादुर बिके रहेको गीतमा युवराज मगर, सुनितामी परियार, शान्ति सुनार, पार्वती थापा, संगीत मसरांगी मगरले सामूहिक आवाज भरेका छन् ।






