गायक सरुन र गायिका ममता बेलायतमा

SHARE:

लण्डन २७ डिसेम्बर २०२३ ।

गायक सरुन गुरुङ र गायिका ममता गुरुङ बेलायत आइपुगेका छन् ।

तमु धिं युकेको निमन्त्रणामा ल्होछार कार्यक्रममा भाग लिन नेपालबाट बुधबार बिहान लन्डनको ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनीहरुलाई तमु धिं युके अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक कमल गुरुङ, सचिव बिमल गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, आजीवन सदस्य नन्दा गुरुङ, आजीवन सदस्य गोलमान गुरुङ, आमा समूहका उपाध्यक्ष जयन्ती गुरुङ लगायतले स्वागत गरे ।

तमु ल्होछार (नयाँ वर्ष) अवसरमा तमु धिं युकेले ३० डिसेम्बर साँझ एम्पायर हलमा कार्यक्रम आयोजना गर्दैछ । जसमा उनीहरुसहित बेलायत भ्रमणमा रहेका गायक तिलक गुरुङले पनि प्रस्तुति राख्ने छन् । कास्कीको धम्पुस पोखरी घर भइ हाल पोखरा निवासी गायिका ममता गुरुङ नेपाल आइडल सिजन–३ को उत्कृष्ट–९ मा पर्न सफल सुमधुर स्वरकी धनी छन् । उनले नेपाली, गुरूङ, हिन्दी गीतहरु गाउन सक्छिन् । उनी रेडियोकर्मीसमेत हुन् ।

कलाकार सरुन गुरुङ तनहुँ घर भइ हाल पोखरा बसोबास गर्छन् । उनी विभिन्न गीतसंगीतबाट परिचित छन् । गुरुङ (तमु)हरुले पुस १५ मा बर्सेनि ल्होछार मनाउँदै आएका छन् । यस पटक हिं ल्हो (बिरालो वर्ग) बिदाइ र नयाँ वर्ग मुप्री ल्हो (गिद्ध वर्गको) स्वागत गरेर ल्होछार मनाउन लागिएको तमु धिं युके उपाध्यक्ष एवं ल्होछार संयोजक कमल गुरूङले बताए ।

कलाकारद्वयले तमु धिं युकेले आफूहरुलाई निम्तो दिएकोमा हार्दिक आभार व्यक्त गर्दै उक्त दिनको कार्यक्रममा सहभागी हुन सम्पूर्णमा अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!