काठमाडौं २९ डिसेम्बर २०२३ ।

लाइभ दोहोरीमार्फत दर्शकस्रोतामाझ परिचित गायिका जालुमाया गुरुङले ‘चु ल्होसारै आशिमाला मु’ गीत सार्वजनिक गरेकी छन् । पुरुष आवाज चिज गुरुङको रहेको उक्त गीत तमु जाति ‘तमु ल्होसार’को अवसर पारेर ‘जलुमाया गुरुङ’ युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरेकी हुन् । उक्त गीतमा जालुमायाको लय तथा चिजले शब्द रचना गरेका छन् ।
बीबी अनुरागीले एरेन्ज गरेको गीतमा अमृत गुरुङ, लक्ष्मी गुरुङको मुख्य अभिनय छ । बालकलाकारमा जालुमायाको छोरा आयुष गुरुङ, युषिका गुरुङको अभिनय रहेको छ । लोभसन गुरुङले निर्देशन गरेको भिडियो सम्पादनमा विष्णुहरि तिमल्सिनाले साथ दिएका छन् । यसअघि जलुमायाले ‘युके लन्डन’ बोलको गीत बजारमा ल्याएकी थिइन् । जुन गीत निकै चर्चामा रहेको छ ।
https://www.youtube.com/embed/USuvXXpQU8k?si=LnUB__ZUgPluADIF






