पुराना नायक तथा व्यवसायी अजय शेखरको ‘यता पनि हेर’ बोलको गीत सार्वजनिक

SHARE:

लण्डन २९ डिसेम्बर २०२३ ।

बेलायतमा रहेका पुराना नायक तथा व्यवसायी अजय शेखर प्रधान गायकका रुपमा उदाएका छन् ।

अजयको स्वर रहेको ‘यता पनि हेर’ बोलको गीतमा निर्मित म्यूजिक भिडियो आज शुक्रबार सार्वजनिक भएको छ । पीपीएन प्रोडक्सन यूकेले आफ्नै युट्युब च्यानलमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

बेलायतमा पूर्ण छायांकन गरिएको सम्भवतस् पहिलो नेपाली चलचित्र ‘कस्तुरी’ मा नायिका करिश्मा मानन्धरसँग खेलेका नायक अजयले किरण प्रधानको शब्दरसंगीत रहेको ‘यता पनि हेर’ गीत गाएका हुन् । उनले आफ्नो गीतलाई श्रोता दर्शकले रूचाउने विश्वास पनि व्यक्त गरेका छन् । गीतमा कोरस सिंगरको रुपमा किरण प्रधान र सुवर्ण लिम्बुले साथ दिएका छन् ।

प्रभु गुरुङको निर्देशन रहेको म्यूजिक भिडियोमा दीपा लिम्बु र रमण डंगोलले ‘डेब्यू’ गरेका छन् । गुरुङले यसअघि नेपाल र बेलायतमा दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । म्यूजिक भिडियोमा सुमन श्रेष्ठको छायांकन, फडिन्द्र राईको एरेन्ज र नवीन निरौलाको सम्पादन छ । मेकअप अनुपम लिम्बुले गरेकी छन् ।

बिहीवार उक्त म्यूजिक भिडियोको लण्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा ‘प्रिमियर शो’ गरिएको थियो । उक्त कार्यक्रममा गायक अजय शेखर, निर्देशक प्रभु गुरुङ र कलाकारहरुले आ-आफ्नो अनुभव सुनाएका थिए ।

फिल्म निर्देशक सनमकुमार बैराग, मोडल, कलाकार तथा नर्स प्रसुना कंडेल, प्रशान्त खड्का, दिपक माइथाने मगर लगायतले शुभकामना दिएका थिए ।

https://www.youtube.com/watch?v=Bimb1lp9Ufk&t=3s

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!