ब्यवासयी तथा मोडल देव आर्यन को म्यूजिक भिडियो नयाँ बर्षमा रिलिज हुने ।

SHARE:

प्रस्तुति: संजय सिङजाली मगर

ब्यवासयी तथा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले अभिनय गरेको म्यूजिक भिडियो अंग्रेजी नयाँ बर्षमा रिलिज हुने भएको छ ।

गीतको भिडियोमा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले अभिनय गरेका छन्, भने भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् ।

नेत्र गुरुङ, प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको यस भिडियो नारायणी नदि किनार, सौराहा, नवलपरासी आसपासका क्षेत्रमा खिचीएको छ । यस भिडियोमा मोडलद्वय देव र रन्जिता माया प्रेममा खुलेरै स्क्रीनमा रोमान्स गरेका हुन् । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल देवले, मोडल रन्जिता सँग काम गर्न पाउँदा सहज भएको तराफी गर्नुभयो । यस अघि पनि धरान बजारमा सँगै काम गरेका देव भन्छन् राजिव सरको लगनशिलता प्रति धेरै प्रशन्न रहेको छु । उहाँ सँग काम गर्न पाउँदा बेग्लै महशूस गर्ने गरेको छु, यसैमा सन्तुष्ट छु,” देव आर्यन भन्नुहुन्छ । उहाँ सँग आगामी दिन यसरी नै निरन्तर काम गर्न पाईयोस भन्ने संकल्प देव आर्यनमा छ ।

गीतको शब्द भिष्मराज जोशी, संगीत सन्तोष रत्न दगंल, एरेन्ज एस. के. बस्याल को रहेको यस भिडियो निर्माणमा बोडन्स फिल्मी पोड्क्सनले, शिक्षा परामर्श संस्था अवार्डडेड् ईन्टरनेशनल एजुकेसन र मिडिया पार्टनर एभेरेष्ट टाइम्स, यूके ले सहकार्य गरेको छ । भिडियो नयाँ बर्षमा सार्बजनिक हुने तय भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!